आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०८२ सोमबार, ३० मार्च २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ चैत २०८२ सोमबार, ३० मार्च २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत १६ गते तद्अनुसार सन् २०२६ मार्च ३० तारिख सोमवार चैत्र शुक्ल पक्षको द्वादशी तिथि ७ः५१ पर त्रयोदशी तिथि मघा नक्षत्र शूल योग कौलव करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १८ः२० मा हुनेछ । सोमप्रदोषव्रत ।

आजको राशिफल

मेष – आजको दिन भाग्योदयकारी सिद्ध हुने देखिन्छ । विशेष योजनाका लागि गरिने छलफलमा तपाईंको प्रभाव-वर्चश्व रहनेछ । आरोग्यबल बढ्नेछ भने प्रशन्नता एवम् सुख-शान्ति रहनेछ । मनोरञ्जन-विलासमा आकर्षण बढ्ने देखिन्छ । मिठो भोजन मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्ने योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

वृष – दिन मिश्रित फलदायी रहला । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुने देखिन्छ । आजको दिन विवाद आदिदेखि सचेत रही आफ्नै बल-विवेकले काम गर्नु हितकर रहला । खर्च नियन्त्रणको लागि सजग रहनुपर्नेछ । विवेकको सही प्रयोगले आर्थिक विकासको नयाँ सम्भावना देखापर्नेछ । मित्रजनको साथ-सहयोगले आशा, आँट र उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आयआर्जन राम्रै होला तर सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सचेत रहनुहोस् । जोखिममा नपर्नु बेस हुनेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने अघि बढ्न सकिनेछ ।

कर्कट – कर्मयोगी भाव र कार्यव्यवहारका कारण यश वर्चश्वमा वृद्धि हुने समय छ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ भने साझेदारीको काम बन्ने योग छ । मित्रजनको साथ प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । प्रयासरत काम बन्नाले आँट-उत्साह बढ्नेछ । रसरागमा आकर्षण रहला । आरोग्यबल र प्रेमभाव वृद्धि हुनेछ । आफन्तजन समेतको साथ-सहयोगले पारिवारिक समस्याको समाधान मिल्ला ।

सिंह – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्त गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता पनि बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ । साहसिक कर्ममा रूचि बढ्ला । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – आजको दिन सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । रोकिएका काममा फेरि प्रयत्न गर्नु हितकर हुनेछ । विलासी क्रियाकलापमा आकर्षण रहनेछ । खर्च केही वृद्धि हुने योग छ, नियन्त्रणको प्रयास गर्नुहोला । कुनै पनि शारीरिक तथा आर्थिक जोखिममा नपर्नु उचित हुनेछ ।

तुला – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा राम्रै लाभ हुने योग छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । धनको आगमन भैरहनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । लगानीका साथै आयस्रोत पनि बढ्ला । यात्रागत कार्यमा सफलता मिल्ने योग छ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यबल बढ्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

धनु – लगनशीलताले राम्रै उपलब्धि दिलाउला । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् भने मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नाले मनोकुलको काममा सफलता मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ ।

मकर – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । खर्च र लगानी बढ्ने योग छ । धोखा हुने, ठगिने सम्भावना रहेकाोले सोचीविचारी काम गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद रस-विलासमा आकर्षण रहला ।

कुम्भ – कर्मबल बढ्नेछ, तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ । विशेष कार्यमा उच्च व्यक्तित्वको सहयोग-समर्थन मिल्ने देखिन्छ । आत्मविश्वास वृद्धिका कारण शत्रुसित लड्ने सामथ्र्य बढ्ला । आफन्तजनको सहयोग मिल्नेछ ।

मीन – बोली र व्यक्तित्वको प्रभाव बढ्ने समय भएपनि आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आर्थिक विषयको वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण रहेपनि समय अनुकुल नरहने देखिन्छ ।