सुनसरीस्थित रामधुनी मन्दिरका महन्त काशी दास उदासीको उपचारका क्रममा कोशी अस्पताल (विराटनगर)मा निधन भएको छ । केही समयदेखि अस्वस्थ रहनुभएका उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालमा भर्ना गरिएको थियो ।
महन्त उदासीले आफ्नो सम्पूर्ण जीवन रामधुनी मन्दिरको संरक्षण, विकास र धार्मिक सेवामा समर्पित गर्नुभएको थियो । उहाँको नेतृत्वमा मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको थियो ।
उहाँको निधनसँगै धार्मिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । स्थानीय बासिन्दा, श्रद्धालु तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै योगदानको उच्च मूल्याङ्कन गरेका छन् ।
महन्त उदासीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि रामधुनी मन्दिरमा राखिने र धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ ।
प्रतिक्रिया