लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले शर्मालाई आइतबार राति करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् ।
काठमाडौंको धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिएका छन् ।
शर्मामाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।
प्रतिक्रिया