झापाको भद्रपुर नगरपालिका-६ स्थित बंगालीटोल निवासी महादेव मण्डल परिवारलाई सहयोग रकम हस्तान्तर गरिएको छ । भद्रपुर-७ निवासी समाजसेवी दम्पती रुद्र प्रसाद भूर्तेल एवम् हीरा वाग्ले भूर्तेलका कान्छो छोरा मनिष भूर्तेलको सक्रियतामा संकलन गरिएको १ लाख ७ हजार २ सय ३२ रुपैयाँ स्थानीयहरु तथा पत्रकारहरुको उपस्थितिमा मण्डल परिवारलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीद्वारा हस्तान्तरण गरिएको हो ।
महादेव मण्डलकी पत्नी इना मण्डल विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको र विपन्नताका कारण उपचार गराउन कठिनाइ झेलिरहेको अवस्थाको जानकारी भएपश्चात् सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा रुद्र प्रसाद दम्पतीले व्यक्तिगत रूपमा पटक पटक सहयोग प्रदान गर्दै आउनुभएको छ ।
हाल अमेरिकामा अध्ययनरत उहाँको कान्छा छोरा मनीष भूर्तेलले आफै सहयोग गर्नुका साथै आफ्नै अग्रसरतामा GoFundMe मार्फत सहयोग संकलन गर्न विभिन्न व्यक्तिहरूसँग सहयोगका लागि अनुरोध गर्नुभयो । उक्त अनुरोधका आधारमा अमेरिकाबाट श्याम प्रसाद वाग्ले, स्टेफेन स्टक, निष्ठा भूर्तेल, सञ्जीव रोका, प्रकृति सुवेदी, सचिन शर्मा, सेविश निरौला, आत्मान बी.सी., कृतिष पोखरेल, गोरख खत्री, मञ्जिल रावल, लोटस खनाल, उमंग बराल, उत्सव खकुरेल, युवराज शिवाकोटी, सुक्ति तिवारी, आनन्द तिवारी, समीर राई र आर्यन पन्थी, क्यानेडाबाट निमेश दाहाल र विकाश ढुंगेल, नेपालबाट सरोज राज शर्मा, जविन श्रेष्ठ र नितेन लामा मार्फत कुल १ लाख ७ हजार २ सय ३२ रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
उपचारार्थ रकम संकलन हुँदै गर्दाकै अवस्थामा क्यान्सरपीडित ४५ वर्षीया इनाको स्थानीय प्रादेशिक अस्पतालमा उपचारकै क्रममा निधन भएपछि संकलित सो सहयोग रकमले इनाको काजक्रियाका साथै कक्षा-११ मा अध्ययनरत छोरीको अध्ययन जारी राख्नका लागि समेत सहजीकरण पुग्ने विश्वास लिइएको रुद्र भूर्तेलले बताए । साथैयस कार्यले समाजमा मानवीय भावना, सहकार्य र परोपकारिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
प्रतिक्रिया