घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक


प्रहरी वृत्त मालीगाउँ (काठमाडौं)मा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार (१७ चैत) उनलाई पक्राउ गरेको हो ।

घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौं महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।