भारतलाई टुक्र्याएर एउटा सानो र नियन्त्रित ‘इजरायल’ बनाउने र नेपाललाई चीनविरुद्धको ‘अखडा’ बनाउने योजना निकै खतरनाक छ । तर, एसियाली शक्तिहरू (चीन, रुस र भारतको केही राष्ट्रवादी धार)ले यसलाई कतिसम्म प्रतिवाद गर्न सक्छन् भन्ने कुराले भविष्य तय गर्नेछ ।
✍ डिल्ली अम्माई
वर्तमान विश्व राजनीतिमा दक्षिण एसिया एउटा यस्तो मोडमा उभिएको छ, जहाँबाट एउटा सानो गल्तीले यो क्षेत्रको नक्सा नै बदलिदिन सक्छ । हालैका दिनहरूमा भारतमा प्रधानमन्त्री मोदी र उनका विश्वासपात्र मन्त्रीहरूमाथि लागेका गम्भीर नैतिक आरोपहरू र ‘एप्स्टीन स्क्यान्डल’को चर्चा केवल संयोग मात्र होइनन् । यो त एउटा विशाल साम्राज्यवादी योजनाको हिस्सा हो, जसको लक्ष्य हो- भारतलाई टुक्र्याएर यस क्षेत्रमा एउटा स्थायी अमेरिकी सैन्य आधार (Base) निर्माण गर्नु !
अमेरिकी न्याय विभागले सार्वजनिक गरेका कागजातहरूमा मोदीको नाम आउनुलाई विपक्षीले ‘ब्ल्याकमेलिङको हतियार’ भएको दाबी गरेका छन् । राहुल गान्धीले ट्रम्पले मोदीलाई तिनै फाइल देखाएर आफ्नो इसारामा नचाएको आरोप लगाएका छन् । पेट्रोलियम मन्त्री हरदीप सिंह पुरी र एप्स्टीनबीचको ६२ वटा इमेल र १४ वटा भेटघाटको विवरण बाहिर ल्याएर सरकारलाई नैतिक संकटमा पारिएको छ ।
जब कुनै नेता राष्ट्रिय हितभन्दा बढी विदेशी शक्तिको ‘दलाली’ वा ‘चाप्लुसी’मा लाग्छन्, उनीहरूका व्यक्तिगत कमजोरीहरू (जस्तै एप्स्टीन काण्डका सन्दर्भहरू) लाई ती शक्तिहरूले नै उनीहरूलाई सिद्ध्याउन प्रयोग गर्छन् । एप्स्टीन फाइल्स (Epstein Files) मा मोदीको नाम आउनु र त्यसलाई अमेरिकी प्रशासनले दबाब दिन प्रयोग गर्नुले भारतलाई यस्ता रणनीतिक मुद्दाहरूमा सम्झौता गर्न बाध्य पारिएको हुन सक्ने आशंका गरिन्छ । अमेरिकी स्वार्थका लागि काम नगर्दा यस्ता ‘काण्ड’हरू सार्वजनिक गरेर नेतृत्वलाई नै विस्थापित गर्ने पश्चिमा शैली रहेको विश्लेषकहरू बताउँछन् । शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थका लागि जातीय वा धार्मिक भावनालाई प्रयोग गर्ने र पछि ‘सिद्ध्याउने’ खेल खेल्ने गरेको देखिन्छ । नेपालमा पुराना शक्तिहरूको पतन र भारतमा मोदी विरुद्धका पछिल्ला खुलासाहरू यसै ठूलो खेल (Great Game) का हिस्सा हुन सक्छन् ।
विश्लेषकहरूका अनुसार अमेरिकाले इरान, अफगानिस्तान र पाकिस्तानमा असफलता भोगेका कारण अब भारतकै उत्तर-पूर्वी राज्यहरूलाई अलग गराएर एउटा ‘नयाँ इजरायल’ बनाउन खोजिरहेको छ । यसका लागि भारतको ‘चिकन नेक’ करिडोरलाई असुरक्षित बनाउने र त्यहाँका विद्रोहीहरूलाई सैन्य तालिम दिने काममा अमेरिकी र युक्रेनी एजेन्टहरू खटिएका छन् ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ मै एउटा ‘गोरा मान्छे’ले आफूलाई भेटेर बंगलादेशको सेन्ट मार्टिन टापुमा सैन्य अखडा बनाउन दिएमा सत्ता टिकाई दिने प्रस्ताव राखेको र नमानेमा ‘इस्ट टिमोर’ जस्तै नयाँ इसाई देश बनाउने धम्की दिएको खुलासा गरेकी थिइन् ।
भारतको उत्तर-पूर्व (विशेष गरी मणिपुर, मिजोरम र नागाल्याण्ड) र छिमेकी म्यानमार तथा बंगलादेशका केही भागलाई मिलाएर एउटा ‘इसाई बाहुल्य देश’ (Zoland/Zo Nation) बनाउने प्रयास भइरहेको दाबी पटक-पटक सार्वजनिक भएका छन् ।
म्यानमार, बंगलादेश र भारतको केही भाग मिलाएर बनाइने भनिएको ‘इसाई राज्य’ले अमेरिकालाई स्थायी सैन्य बेस दिनेछ, जुन भारतको दिल्लीले कहिल्यै दिँदैन ।
भारतभित्रै विभिन्न जातीय र क्षेत्रीय आन्दोलनहरू (जस्तै मिथिलादेश, खलिस्तान, वा दक्षिण भारतको छुट्टै पहिचान) लाई उकासेर भारतलाई आन्तरिक द्वन्द्वमा फसाउने खेल भइरहेको छ । यदि भारत आफैं टुक्रियो वा आन्तरिक रूपमा अस्थिर भयो भने, उसले चीनको विरुद्धमा आफ्नो प्रभावकारी भूमिका खेल्न सक्दैन र अमेरिकी निर्देशन मान्न बाध्य हुनेछ ।
चीनले आफ्नो सीमा क्षेत्र (विशेष गरी तिब्बत र सिनजियाङ) मा अत्यधिक सैन्य र प्राविधिक निगरानी बढाएको छ । उसले ‘बीआरआई’ (BRI) मार्फत दक्षिण एसियाली देशहरूमा आफ्नो लगानी बढाएर अमेरिकी प्रभावलाई कम गर्ने प्रयास गरिरहेको छ ।
स्थाई सैन्य सिविर राख्ने अमेरिकी प्रयासहरु :
- २० वर्षको प्रयास र अर्बौं डलर खर्च गरेपछि पनि अमेरिकाले अफगानस्तानमा आफ्नो स्थायी आधार टिकाउन सकेन र तालिबानको उदयसँगै लज्जास्पद बहिर्गमन हुनुपऱ्यो ।
- इमरान खानले ‘Absolutely Not’ भन्दै अमेरिकी सैन्य आधार दिन अस्वीकार गरे र स्वतन्त्र विदेश नीति (रूस र चीनसँग नजिकिने) लिएपछि उनलाई सत्ताच्युत गरियो । तर, पाकिस्तान अहिले यति अस्थिर छ कि त्यहाँ अमेरिकाले चाहेजस्तो ‘स्थायी र सुरक्षित इजरायल’ बनाउन सम्भव छैन ।
- आर्थिक संकट र आन्तरिक राजनीतिक उथलपुथलका कारण श्रीलंका पनि अमेरिकी सैन्य बेस (MCC/SOFA) का लागि सुरक्षित ठाउँ बन्न सकेन।
साम्राज्यवादले जहिले पनि नेतृत्वको कमजोरीलाई हतियार बनाउँछ । मोदीको ‘पश्चिमापरस्त दलाली’ र नेपालका नेताहरूको ‘भारत-पश्चिमापरस्त कर्म’ले उनीहरूलाई आज कुन ठाउँमा पुऱ्यायो, त्यो सबैका सामु छ । किसिन्जरले चेतावनी दिएझैं, अमेरिकाको मित्रता नै आज भारत र नेपालका लागि ‘घातक’ सावित भइरहेको छ ।
भारतका सुरक्षा निकायहरू (RAW/NIA) ले हालै अमेरिकी र युक्रेनी एजेन्टहरू पक्राउ गर्नुमा रुसी गुप्तचर निकायको सहयोग हुनुले के संकेत गर्छ भने, यो खेलमा रुस र चीन एकसाथ छन् । उनीहरुले कुनै न कुनै रुपमा दक्षिण एसियामा अमेरिका आउने कुरालाई रुचाएका छैनन् ।
भारतलाई टुक्र्याएर एउटा सानो र नियन्त्रित ‘इजरायल’ बनाउने र नेपाललाई चीन विरुद्धको ‘अखडा’ बनाउने यो योजना निकै खतरनाक छ । तर, एसियाली शक्तिहरू (चीन, रुस र भारतको केही राष्ट्रवादी धार) ले यसलाई कतिसम्म प्रतिवाद गर्न सक्छन् भन्ने कुराले भविष्य तय गर्नेछ ।
कहाँ-कहाँ असर गर्ला ?
अमेरिकाले उत्तर-पूर्वी भारत (The Seven Sisters) – मणिपुर, मिजोरम र नागाल्याण्डमा जातीय र धार्मिक हिंसा भड्काएर त्यहाँ ‘इसाई बाहुल्य’ स्वतन्त्र राज्य (जोल्याण्ड) को मागलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गर्नेछ।
बंगलादेश र म्यानमार : बंगलादेशको चट्टगाउँ र म्यानमारको चिन राज्यलाई मिलाएर एउटा यस्तो ‘बफर स्टेट’ बनाउने जहाँ अमेरिकाको पूर्ण नियन्त्रण होस् । यसले चीनको ‘मलक्का डिलेमा’ लाई सिधै चुनौती दिन्छ ।
नेपाल : नेपालको पूर्वी पहाडी भेगमा पनि यसको जातीय र धार्मिक पराकम्प पुग्न सक्छ, जसले नेपालको अखण्डतामा समेत प्रश्न उठाउन सक्छ।
यदि मोदी वा भारतको “डिम्प स्टेट” (RAW/सेना) ले अमेरिकी सैन्य स्वार्थ (जस्तै चीन विरुद्ध सिधै युद्धमा होमिनु वा सैन्य बेस दिनु) स्वीकार गरेन भने अमेरिकाले मोदीलाई ब्ल्याकमेलिङको डण्डाले प्रहार गर्ने छ। एप्स्टीन फाइल्स जस्ता व्यक्तिगत काण्डहरू सार्वजनिक गरेर नेतृत्वलाई सिध्याउने धम्कि दिने छ।यदि मोदीले यो ‘इसाई राज्य’ को योजनामा बाधा पुऱ्याए भने एप्स्टीन फाइलका थप विवरणहरू सार्वजनिक गरेर उनलाई सत्ताच्युत गर्ने वा अन्तर्राष्ट्रिय स्तरमा बद्नाम गर्ने धम्की दिइएको हुन सक्छ।
अर्को विकल्पमा भारतको विखण्डन गराइने छ। ‘भारत धेरै लोकतन्त्र नभएको देश’ वा ‘अल्पसंख्यकमाथि दमन गर्ने देश’ भन्ने भाष्य बनाएर उत्तर-पूर्वलाई अलग गराउन अन्तर्राष्ट्रिय दबाब दिनेछ ।
नेपालको सन्दर्भमा, यहाँ भइरहेका राजनीतिक प्रयोगहरू झन् संशयपूर्ण छन्। पुराना दलहरूको पतनपछि आएका नयाँ शक्तिहरू कतै नेपाललाई चीन विरुद्धको ‘प्रयोगशाला’ बनाउने पश्चिमी रणनीतिका गोटी त होइनन् ? एमसीसी र फ्री तिब्बतको नाममा केहि संकेतहरु देखिएका छन् । नेपालमा अमेरिकी प्रभाव बढ्नुको अर्थ भारतको सुरक्षा कवच भत्किनु र चीनको सीमामा स्थायी युद्धको बीउ रोपिनु हो ।
मोदीको एप्स्टीन काण्डसँग मिल्दोजुल्दो अर्को काण्ड :
मधु पूर्णिमा किशवर, जो कुनै समय नरेन्द्र मोदीको कट्टर समर्थक र उनको जीवनी ‘मोदिनामा’ (Modinama) की लेखिका थिइन्, उनले हालै (मार्च २०२६ मा) मोदीमाथि निकै गम्भीर र सनसनीपूर्ण आरोपहरू लगाएकी छिन्।
उनले मोदीले गुजरातको मुख्यमन्त्री हुँदादेखि नै महिलाहरूसँग ‘अस्वस्थ सम्बन्ध’ राख्ने गरेको र आफू निकटका महिलाहरूलाई मात्र सांसद वा मन्त्री बनाउने गरेको दाबी गरेकी छिन् । किशवरले १२ कक्षा मात्र पास गरेकी स्मृति इरानीलाई महत्वपूर्ण शिक्षा मन्त्रालय (HRD) दिनुको पछाडि ‘विशेष निकटता’ रहेको र यसले अन्य लुकेका काण्डहरूलाई बल दिएको आरोप लगाएकी छिन् ।
त्यस्तै, उनले विदेशमन्त्री एस. जयशंकर र हरदीप सिंह पुरीले मोदीलाई गुजरातको मुख्यमन्त्री हुँदादेखि नै ‘विशेष सेवा’ (special services) प्रदान गर्ने गरेको र सोही गुन तिर्न उनीहरूलाई क्याबिनेटमा ल्याइएको दाबी गरेकी छिन् ।
चीनलाई टुक्र्याउन असम्भव देखेपछि पश्चिमाहरूले भारत र नेपाललाई नै ‘बलिदानको बाख्रा’ बनाउन खोजेका छन् । यो परिस्थितिमा हामी नेपालीहरू र भारतीय राष्ट्रवादीहरूले बुझ्नुपर्ने कुरा के हो भने – हाम्रो मुक्ति दलालीमा होइन, पूर्ण स्वाधीनता र क्षेत्रीय एकतामा छ । दलालहरूको नियति सधैं दुखद हुन्छ, र साम्राज्यबादको भोक कहिल्यै मेटिँदैन ।
किशवरले दाबी गरेकी छिन् कि मोदीका यस्ता ‘यौन कमजोरी’हरूका कारण विदेशी शक्तिहरूले उनलाई सजिलै ब्ल्याकमेल गरिरहेका छन् । उनले मोदीलाई ‘CIA को प्लान्ट’ (CIA plant) को संज्ञा दिँदै उनले भारत र हिन्दु धर्मलाई बर्बाद गर्न काम गरिरहेको आरोप समेत लगाएकी छिन् ।
हरदीप सिंह पुरीले एक दोषी पेडोफाइल (बाल यौन अपराधी) सँग इमेल आदानप्रदान गरेको र ‘अण्डर-एज’ (नाबालिका) महिलाको प्रसंग उल्लेख गरेको भन्दै विपक्षीहरूले उनीमाथि प्रश्न उठाएका छन् ।
उत्तर प्रदेशका एक बीजेपी नेताले मधु किशवर विरुद्ध दिल्लीको बाराखम्बा प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन् । तर बिजिपिको मौनताकाबीच सरकार र बीजेपी समर्थकहरूले ब्याक्तिगत रुपले यी आरोपहरूलाई ‘व्यक्तिगत कुण्ठा’ र ‘झुटो भाष्य’ भन्दै खारेज गरेका छन् । उनीहरूले किशवरले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएपछि यस्ता आधारहीन कुराहरू गरेको दाबी गरेका छन् ।
यी आरोपहरू हाल भारतमा एउटा ठूलो ‘राजनीतिक भूकम्प’ जस्तै बनेका छन् । यद्यपि यी दाबीहरू अहिलेसम्म कुनै अदालत वा आधिकारिक अनुसन्धानबाट प्रमाणित भएका छैनन् । तर, एक समयकी निकटतम समर्थक मधु किशवरले नै यस्ता कुराहरू सार्वजनिक गरेपछि यसले मोदीको ‘नैतिक छवि’माथि ठूलो प्रश्नचिन्ह खडा गरिदिएको छ ।
अमेरिकालाई चीन घेर्न एउटा यस्तो ठाउँ चाहिएको छ जहाँ उसको ‘आफ्नै शासन’ चल्छ, जुन भारत जस्तो विशाल र कहिलेकाहीँ आफ्नै अडान लिने देशमा सम्भव छैन । त्यसैले, भारतलाई कमजोर बनाएर वा टुक्राएर एउटा सानो तर पूर्णतः नियन्त्रित ‘नयाँ इजरायल’ बनाउनु उसको रणनीतिक आवश्यकता बनेको देखिन्छ ।
जब ठूला देशहरूले आफ्नो स्वार्थ अनुकूल काम गर्दैनन्, तब शक्ति राष्ट्रहरूले ती देशलाई भित्रैबाट कमजोर बनाउने वा टुक्राउने रणनीति लिन्छन् ।
साम्राज्यवादले जहिले पनि नेतृत्वको कमजोरीलाई हतियार बनाउँछ । मोदीको ‘पश्चिमापरस्त दलाली’ र नेपालका नेताहरूको ‘भारत-पश्चिमापरस्त कर्म’ले उनीहरूलाई आज कुन ठाउँमा पुऱ्यायो, त्यो सबैका सामु छ । किसिन्जरले चेतावनी दिएझैं, अमेरिकाको मित्रता नै आज भारत र नेपालका लागि ‘घातक’ सावित भइरहेको छ ।
म्याथ्यु भ्यानडाइक र ६ युक्रेनीहरूको गिरफ्तारी
सन् २०२६ मार्च १३ मा भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) ले एक अमेरिकी नागरिक म्याथ्यु आरोन भ्यानडाइक (Matthew Aaron VanDyke) र ६ जना युक्रेनी नागरिकहरूलाई कोलकाता, दिल्ली र लखनऊका विमानस्थलहरूबाट पक्राउ गरेको छ।
युक्रेन युद्धमा खारिएका यी ‘विज्ञ’हरूलाई यस क्षेत्रका जातीय विद्रोहीहरूलाई आधुनिक युद्धकला सिकाउन पठाइनुले यहाँ एउटा बलियो सैन्य शक्ति तयार पार्न खोजिएको बुझिन्छ । जसरी इजरायललाई सुरुमा सैन्य र प्रविधिको सहायता दिएर बलियो बनाइयो, त्यसरी नै यहाँका विद्रोही समूहहरूलाई आधुनिक हतियार र प्रविधि दिएर राष्ट्रिय सेनासँग लड्न सक्ने बनाउने प्रयास भइरहेको देखिन्छ।म्याथ्यु भ्यानडाइक र ६ युक्रेनीहरूको गिरफ्तारी यसै योजनाको एउटा कडी हो । युक्रेनी र अमेरिकीहरूको यो टोली केवल ‘पर्यटक’ नभई एउटा ठूलो भू-राजनीतिक योजनाको हिस्सा भएको देखिन्छ । यदि यो समूहले सफलता पाएको भए, यसले नेपालको सुरक्षामा पनि प्रत्यक्ष असर पार्ने निश्चित थियो ।
उनीहरू पर्यटक भिसामा भारत आएर बिनाअनुमति मिजोरम जस्तो संवेदनशील क्षेत्रमा पुगेका थिए । त्यहाँबाट अवैध रूपमा म्यानमार छिरेर त्यहाँका जातीय विद्रोही समूहहरू (EAGs) लाई आधुनिक ड्रोन वारफेयर, हतियार जडान र युद्धकलाको तालिम दिएको आरोप उनीहरूमाथि छ ।
भारतीय सञ्चारमाध्यम र रक्षा विश्लेषकहरूले भ्यानडाइकलाई ‘मर्सिनरी’ (भाडाका सैनिक) वा CIA को गुप्त एजेन्ट भएको आशंका गरेका छन्, किनकि उनको पृष्ठभूमि लिबिया, सिरिया र युक्रेन जस्ता युद्धग्रस्त क्षेत्रहरूमा विद्रोहीहरूलाई तालिम दिने रहेको छ ।
यी विदेशीहरूको गिरफ्तारीमा रूसको गुप्तचर निकायले भारतलाई दिएको सूचना (Tip-off) ले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । यसले के स्पष्ट पार्छ भने, एकातिर मोदी अमेरिकाको दबाबमा रहेको चर्चा छ भने अर्कोतिर भारतका सुरक्षा निकायहरूले अमेरिकी ‘एसेट’ हरूलाई पक्राउ गरेर कडा सन्देश दिन खोजिरहेका छन्।
अन्त्यमा, चीनलाई टुक्र्याउन असम्भव देखेपछि पश्चिमाहरूले भारत र नेपाललाई नै ‘बलिदानको बाख्रा’ बनाउन खोजेका छन् । यो परिस्थितिमा हामी नेपालीहरू र भारतीय राष्ट्रवादीहरूले बुझ्नुपर्ने कुरा के हो भने – हाम्रो मुक्ति दलालीमा होइन, पूर्ण स्वाधीनता र क्षेत्रीय एकतामा छ । दलालहरूको नियति सधैं दुखद हुन्छ, र साम्राज्यबादको भोक कहिल्यै मेटिँदैन । त्यसैले, यो नव-औपनिवेशिक आक्रमण विरुद्ध सचेत हुनु नै आजको मुख्य राष्ट्रिय दायित्व हो ।
प्रतिक्रिया