✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत २१ गते तद्अनुसार सन् २०२६ अप्रिल ४ तारिख शनिबार वैशाख कृष्णपक्षको द्वितीया तिथि ८ः५८ पर तृतीया स्वाति नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५३ मा भयो र सूर्यास्त साँझ १८ः२२ बजे हुनेछ । साँखु यात्रा ।
आजको राशिफल
मेष – व्यापार-व्यवसायमा प्रगति हुने तथा नयाँ उद्योगधन्दाको थालनी गर्न सकिने समय छ । दामपत्यसुख बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार आउनेछ । व्यापारमा राम्रै लाभ मिल्ने योग छ । जटिल कार्यमा पनि आँट वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । यात्रापरक काम पनि बन्नेछ ।
वृष – धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । विशेष सभा-समारोहमा भाग लिने अवसर जुर्ला । मानसम्मान पनि मिल्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । कामको दायित्व बढ्नेछ भने आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । बिग्रन लागेको काम पनि कठोर मिहिनेतले काम बन्नेछ । प्रेम सम्बन्धमा अनुकूलता वृद्धि हुनेछ ।
मिथुन – आजको दिन आर्थिक अभावले सताउन सक्छ, तर पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । प्रतिकुलताका बाबजुद साहस बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् ।
कर्कट – दिन सामान्य छ । नियमित व्यवसायमा केही उतारचढाव आउला । भूमिसम्बन्धी कामबाट राम्रै फाइदा हुने योग छ । खर्च भने वृद्धि हुने देखिन्छ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । रोकिएको काम मित्रजनको सहयेगले अघि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने प्रयत्न गर्दा सफलताको दर बढ्ला । कुटुम्बजनको सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । व्यापार–व्यवसाय विस्तार हुन सक्छ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि भइ मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
कन्या – बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । दिल लगाएर गरेका कामबाट राम्रै लाभ हुने देखिन्छ । श्रमको उचित मूल्यांकन होला । सन्तानपक्षबाट सुख मिल्नेछ भने मित्र एवम् आफन्तजनको पनि साथ रहला । रोकिएका काम फेरि सुरु हुनसक्छन् । आयआर्जनका स्रोत बढ्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्ने तर खर्च पनि वृद्धि हुने समय छ । प्रतिकूल स्थानान्तरणको सम्भावना देखिन्छ । आरोग्यबल बढ्नेछ भने दौडधुप पनि वृद्धि हुने योग छ । दैनिकीभन्दा फरक कार्यमा सफलता मिल्नेछ । यशवर्चश्व बढ्ला । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । रोकिएको कार्य मिहेनतले बनेपनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने देखिन्छ । छरछिमेकमा केही असमझदारी तथा विवाद बढ्ने सम्भावना छ, व्यवहारमा सरलता अपनाउनुहोला । घरखर्च केही बढ्ने देखिन्छ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले पारिवारिक विवादको सम्भावना छ । कुनै पनि कार्य योजना र बजेट बनाएर मात्र गर्नु हितकर हुनेछ ।
धनु – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, विशेषतः खानपानमा ध्यान राख्नुहोला । नजिकका साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेको छ, विशेष सजगता वा सावधानीको खाँचो छ । बुद्धि–विवेकको सही प्रयोगले समस्याको समाधान खोज्न सकिनेछ ।
मकर – सामाजिक क्रियाकलाप एवम् परोपकारी कार्यमा संलग्न हुने समय छ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । अध्ययन–अध्यापन कार्यमा प्रगति हुनेछ । कृषि र पशुपालनबाट विशेष फाइदा होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ने देखिन्छ । कामको यात्रा उपलब्धिमूलक रहला । सन्तान पक्षबाट सुख मिल्नेछ ।
कुम्भ – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । चिताएको काम बन्ने योग छ । कर्मबल बढ्नेछ तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ, सजग रही कार्य गर्नुहोला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा विशेष सफलताको सम्भावना छ ।
मीन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा बाधा एवम् पारिवारिक समस्याहरू देखापर्नेछन् । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरूको सक्रियता बढ्नेछ, सजग रहनुहोला । चुनौतीका बाबजुद दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सामाजिक कार्यमा लगाव रहनेछ ।
प्रतिक्रिया