महान्याधिवक्तामा डा. कँडेल नियुक्त, आइतबार नै लिए शपथ

महान्याधिवक्तामा डा. कँडेल नियुक्त, आइतबार नै लिए शपथ


राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा. नारायणदत्त कँडेल (बागलुङ)लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा डा. कँडेललाई आइतबार (२२ चैत) नियुक्त गरिएको हो ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार नै सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् ।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।