✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत २३ गते तद्अनुसार सन् २०२६ अप्रिल ६ तारिख सोमबार वैशाख कृष्ण पक्षको चतुर्थी तिथि अनुराधा नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ ।
आजको राशिफल
मेष – तपाईंका हरेक कार्य-व्यवहारको प्रशंसा र कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन-अध्यापन एवम् व्यापार-व्यवसायमा पनि प्रगति हुने देखिन्छ । धन मान यश ऐश्वर्य प्राप्तिको योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला । प्रेमभाव वृद्धि, आमोदप्रमोदो अवसर, मित्रजनको साथ–सहयोग मिल्नेछ । रोकिएको काम अघि बढ्नेछ ।
वृष – पराक्रम एवम् आत्मविश्वास जागृत भइ नयाँ काम र जिम्मेवारी हात पर्नसक्ने समय छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । मित्रजनको साथ–सहयोगले सुख वृद्धि गराउनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि भइ यात्रापरक काम सर्थक रहनेछ ।
मिथुन – नियमित कार्यमा जागरुकता आउनुका साथै रोकिएका घरेलु कामकाज क्रमशः बन्ने समय छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइएला । ब्यापार-व्यवसायमा पनि फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता मिल्ने योग छ । सभा-समारोहमा भएको उपस्थितिले मान-प्रतिष्ठा दिलाउला । बुद्धि-विवकेकको सही प्रयोगले जस्तोसुकै समस्याको समाधान हुनेछ ।
कर्कट – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेपनि सहयोगीजनका कारण नियमित कार्य सुचारु रहला । परिवारको साथले कर्मबल वृद्धिको अनुभूति हुनेछ । मित्रजनको साथ मिठो भोजन प्राप्तिको योग छ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।
सिंह – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालन कार्यमा विशेष फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । यात्रा सुखद रहनेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।
कन्या – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण सापटी लिनदिन आजको दिन अनुकूल रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायिक कार्यमा लगानी बढ्नेछ र त्यसको दूरगामी असर फाइदाजनक नै हुनेछ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले कार्यगति बढ्नेछ ।
तुला – साहसपूर्ण कार्य वा क्रियाकलापप्रति मन आकर्षित हुने समय छ । यात्रागत कार्यबाट धन आर्जन होला । रमाइलो भेटघाटको योग छ । आयबलका साथै यश–वर्चश्व बढ्नेछ । नियमित कर्म सन्तोषजनक रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।
वृश्चिक – जोखिमयुक्त काममा मन जाने समय छ । सोचसमझ राखेर कदम अघि बढाउनु हितकर हुनेछ । कुनै विषयले खिन्नता पनि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनाले नियमित काममा जाँगर चल्नेछ । कर्मबल बढ्नेछ । सहयोगीजनको साथले रोकिएको काम बन्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला ।
धनु – मध्यम खालको दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसारको उपलब्धि पाइएला । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । बौद्धिक कार्य लभदायी सावित हुनेछ । मित्रजनको साथ भने नमिल्नसक्छ, जटिल काम पनि आफ्नै बलबुतामा सम्पन्न गर्ने प्रयास गर्नु उचित हुनेछ ।
मकर – मिश्रित फलदायी समय छ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । जोखिम र संघर्ष बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शारीरिक अस्वस्थताको सम्भावना छ, तर नियमित आम्दानीमा कमी आउने छैन । प्रतिकुलताका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।
कुम्भ – कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता वृद्धि हुने समय छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरीतलिंगीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । कतैबाट सुखद खबर सुन्न्न पाइएला । दाम्पत्य सुख पनि बढ्नेछ ।
मीन – परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । बोली र व्यवहारप्रति अत्यन्त सजग रहनुपर्नेछ, अन्यथा विवाद र झैझगडाको अवस्था पैदा हुन सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा आंशिक सफलता मिल्ने समय छ ।
प्रतिक्रिया