आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०८२ बिहीबार, ९ अप्रिल २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ चैत २०८२ बिहीबार, ९ अप्रिल २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४७ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत २६ गते तद्अनुसार सन् २०२६ अप्रिल ९ तारिख गुरुबार वैशाख कृष्णपक्षको सप्तमी तिथि मूल नक्षत्र ६ः३७ पर पूर्वाषाढ़ा नक्षत्र परिघ योग बालव करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ ।

आजको राशिफल

मेष – दिन मिश्रित फलदायी रहला । आम्दानीको बाटो बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । खर्च बढ्ने र सन्तानपक्षबाट खोजेजस्तो सहयोग नपाउदा पीडाबाोध हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला, खानपानमा विशेष ध्यन दिनु उचित हुनेछ । बोलीको गलत अर्थ लगाइ कसैबाट आलोचना हुन सक्ने योग रहेकोले अभिव्यक्तिमा लगाम लगाउनुहोला । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष – शुभ र सफलतादायी समय छ । इष्र्या गर्नेहरूले दुःख दिने प्रयास गरेपनि विवेकको सही प्रयोगले विजय हासिल होला । आरोग्यबल बढ्ने र दूरगामी महत्वको काम अघि बढ्ने योग छ । बौद्धिक तथा सिर्जनात्मक कार्यमा पनि सफलता मिल्नेछ । अनुभवी व्यक्तिको सल्लाह शिरोपर गर्दा आर्थिक कार्यमा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको ढोका खुल्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागप्रति विशेष आकर्षण रहनेछ ।

मिथुन – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । आरोग्यबलका साथै प्रेमभाव वृद्धि हुनेछ । गर्दै आएको कामबाट विशेष लाभ मिल्ने समय आएको छ । उद्योग तथा कलकारखानामा लगानी गर्नेहरुलाई विशेष लाभ हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । तथापि, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, यसप्रति सचेत रहनुहोस् ।

कर्कट – आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्ला । आय वृद्धि हुने र सकारात्मक प्रभाव बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । रोकिएका काम छन् भने बिस्तारै बन्न थाल्ने छन् । आजको दिन हातहतियार तथा सवारीसाधनको उपयोग गर्दाचाहिँ विशेषसावधानी अपनाउनु हितकर होला ।

सिंह – बौद्धिक कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन त्यति सुखकारी रहने देखिन्न । नियमित कर्ममा रुचि बढे पनि परिणाम सकारात्मक हासिल नहुँदा खिन्नता बढ्न सक्छ । खर्च बढ्नेछ भने ब्यर्थको झमेला निम्तिने योग छ । कामकै पछि लागे पनि कुन काम गर्ने भन्ने निर्णय गर्न नसक्दा अन्योल थपिन सक्छ । महत्वपूर्ण योजनालाई थाती राखेर नियमित तथा सामान्य क्रियाकलापमा ब्यस्तता बढाउनु उचित हुनेछ ।

कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भाग्यबल बढ्ने र पारिवारिक सुखशान्ति रहने देखिन्छ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला – भागदौड वृद्धि भए पनि आज मनोकूलको काम बन्नेछ । रसरागमा रुचि रहला । धैर्यधारण गरी परिश्रम गरे आज गरेका कामको परिणाम सुखद निस्किने छ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल बढ्ने र अधुरो काम सम्पन्न हुने खालको दिन छ । कीर्तिमानी काम हुन सक्छ, लगनशील रहनुहोला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा फेरि प्रयत्न गर्नुहोला, सफलता मिल्नेछ । विलासितामा आकर्षण बढ्नेछ । दाम्पत्यसुख पनि बढ्ने देखिन्छ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै अन्य कर्म पनि लाभप्रद रहनेछ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । रचनात्मकता बढ्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेक्ष् सफलता प्राप्त हुने देखिन्छ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्ने योग छ ।

मकर – चुनौतीले भरिएको दिन छ । अनुकूलताको आश गर्दागर्दै समय प्रतिकुल बन्न सक्छ । आज केही विवादमा पर्न सकिने योग भएकोले सावधान रहनु हितकर होला । व्यवहारिक समस्याले पिरोल्न सक्छ । परिवारजनसँग असमझदारी पैदा हुनुका साथै मान्यजनको सुझाव अप्रिय लाग्ने योग छ । काममा बाधा दिनेले प्रगतिमा रोकावट गर्न सक्छन् । तथापि, आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन रमाइलैसँग बित्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट महत्वपूर्ण काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । आरोग्यबलका साथै अनुकूलता वृद्धि हुनाले नियमित कार्यमा उत्साह बढ्नेछ । प्रतिष्पर्धामा विजयी बनिएला । दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ । बौद्धिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउनेछ । रसरागमा आकर्षण रहनेछ ।

मीन – शुभदायी समय छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नुका साथै पराक्रम, उत्साह र आनन्द बढ्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख होला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । स्वास्थ्य सबल रहनेछ । विपरीतलिंगी मित्रबाट विशेष साथ–सहयोग प्राप्त हुनेछ ।