✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत्र २८ गते तद्अनुसार सन् २०२६ अप्रिल ११ तारिख शनिबार वैशाख कृष्णपक्षको नवमी तिथि उत्तराषाढा १०ः४६पर श्रवण नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा चर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ ।
आजको राशिफल
मेष – दिन मिश्रित फलदायी रहला । आम्दानीको बाटो बिगार्नेहरू सक्रिय रहन सक्छन् भने श्रमको उचित मूल्य नमिल्न सक्छ । खर्च बढ्ने र सन्तानपक्षबाट खोजेजस्तो सहयोग नपाउदा पीडाबाोध हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला, खानपानमा विशेष ध्यन दिनु उचित हुनेछ । बोलीको गलत अर्थ लगाइ कसैबाट आलोचना हुन सक्ने योग रहेकोले अभिव्यक्तिमा लगाम लगाउनुहोला । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।
वृष – शुभ र सफलतादायी समय छ । इष्र्या गर्नेहरूले दुःख दिने प्रयास गरेपनि विवेकको सही प्रयोगले विजय हासिल होला । आरोग्यबल बढ्ने र दूरगामी महत्वको काम अघि बढ्ने योग छ । बौद्धिक तथा सिर्जनात्मक कार्यमा पनि सफलता मिल्नेछ । अनुभवी व्यक्तिको सल्लाह शिरोपर गर्दा आर्थिक कार्यमा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नतिको ढोका खुल्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागप्रति विशेष आकर्षण रहनेछ ।
मिथुन – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने दिन छ । आरोग्यबलका साथै प्रेमभाव वृद्धि हुनेछ । गर्दै आएको कामबाट विशेष लाभ मिल्ने समय आएको छ । उद्योग तथा कलकारखानामा लगानी गर्नेहरुलाई विशेष लाभ हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । तथापि, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, यसप्रति सचेत रहनुहोस् ।
कर्कट – आजको दिन भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्ला । आय वृद्धि हुने र सकारात्मक प्रभाव बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । रोकिएका काम छन् भने बिस्तारै बन्न थाल्ने छन् । आजको दिन हातहतियार तथा सवारीसाधनको उपयोग गर्दाचाहिँ विशेषसावधानी अपनाउनु हितकर होला ।
सिंह – बौद्धिक कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन त्यति सुखकारी रहने देखिन्न । नियमित कर्ममा रुचि बढे पनि परिणाम सकारात्मक हासिल नहुँदा खिन्नता बढ्न सक्छ । खर्च बढ्नेछ भने ब्यर्थको झमेला निम्तिने योग छ । कामकै पछि लागे पनि कुन काम गर्ने भन्ने निर्णय गर्न नसक्दा अन्योल थपिन सक्छ । महत्वपूर्ण योजनालाई थाती राखेर नियमित तथा सामान्य क्रियाकलापमा ब्यस्तता बढाउनु उचित हुनेछ ।
कन्या – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भाग्यबल बढ्ने र पारिवारिक सुखशान्ति रहने देखिन्छ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन ।
तुला – भागदौड वृद्धि भए पनि आज मनोकूलको काम बन्नेछ । रसरागमा रुचि रहला । धैर्यधारण गरी परिश्रम गरे आज गरेका कामको परिणाम सुखद निस्किने छ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – कर्मबल बढ्ने र अधुरो काम सम्पन्न हुने खालको दिन छ । कीर्तिमानी काम हुन सक्छ, लगनशील रहनुहोला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा फेरि प्रयत्न गर्नुहोला, सफलता मिल्नेछ । विलासितामा आकर्षण बढ्नेछ । दाम्पत्यसुख पनि बढ्ने देखिन्छ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै अन्य कर्म पनि लाभप्रद रहनेछ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।
धनु – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । प्रतिभाको कदर हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । रचनात्मकता बढ्नेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेक्ष् सफलता प्राप्त हुने देखिन्छ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्ने योग छ ।
मकर – चुनौतीले भरिएको दिन छ । अनुकूलताको आश गर्दागर्दै समय प्रतिकुल बन्न सक्छ । आज केही विवादमा पर्न सकिने योग भएकोले सावधान रहनु हितकर होला । व्यवहारिक समस्याले पिरोल्न सक्छ । परिवारजनसँग असमझदारी पैदा हुनुका साथै मान्यजनको सुझाव अप्रिय लाग्ने योग छ । काममा बाधा दिनेले प्रगतिमा रोकावट गर्न सक्छन् । तथापि, आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – आजको दिन रमाइलैसँग बित्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट महत्वपूर्ण काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । आरोग्यबलका साथै अनुकूलता वृद्धि हुनाले नियमित कार्यमा उत्साह बढ्नेछ । प्रतिष्पर्धामा विजयी बनिएला । दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ । बौद्धिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउनेछ । रसरागमा आकर्षण रहनेछ ।
मीन – शुभदायी समय छ । महत्वपूर्ण कार्यमा सफलता मिल्नुका साथै पराक्रम, उत्साह र आनन्द बढ्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख होला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । स्वास्थ्य सबल रहनेछ । विपरीतलिंगी मित्रबाट विशेष साथ–सहयोग प्राप्त हुनेछ ।
प्रतिक्रिया