✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत्र २९ गते तद्अनुसार सन् २०२६ अप्रिल १२ तारिख रविबार वैशाख कृष्णपक्षको दशमी तिथि श्रवण नक्षत्र साध्य योग वणि करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ । पञ्चकारम्भ, विश्व ज्योतिष स्थापना दिवस ।
आजको राशिफल
मेष – धेरै परिश्रम गरेपनि थोरै लाभ मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान भने हुने नै देखिन्छ । घरखर्च केही बढ्नेछ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आयआर्जनको कमीले वादविवादको सम्भावना छ । धर्मकर्मले काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – ब्यस्तता बढ्नुका साथै काममा जोखिम वृद्धि हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । खर्च पनि बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा आंशिक सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – परोपकार तथा समाजसेवामा विशेष लगाव रहने समय छ । धार्मिक समारोहमा सरिक हुने अवसर जुर्ला । कार्य–ब्यवहार निर्वाहका क्रममा नयाँ शिप तथा ज्ञान प्राप्त हुने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । यात्रा उपलब्धिमूलक बन्नाले काममा उत्साह जाग्नेछ । सन्तानपक्षबाट सुख मिल्नेछ । बौद्धिकताको माध्यमबाट कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने र नयाँ योजनामा अघि बढ्न सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ । चिताएको काम बन्ने योग रहेकोले महत्वपूर्ण कामहरू कार्यान्वयनमा लैजानु हितकर हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने योग छ । रसरागमा आकर्षण रहला ।
सिंह – विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ ।
कन्या – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । ब्यस्तता वृद्धिका बीच कामको दायित्व बढ्नेछ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।
तुला – मिश्रित फलदायी दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्ला । तर, पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ । मित्रजनसँग मनमुटावको योग छ । विश्वासमा पारेर धोका दिनेहरू सल्बलाउनेछन्, सजग रहनुहोला ।
वृश्चिक – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन विश्वास गरेका पात्रले धोका दिन पनि सक्छन्, होसियार रहनुहोला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु – व्यापार तथा आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुने समय छ । तथापि, आर्थिक अभावले चाहिँ सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आइपर्न सक्छ, सतर्क रहनु हितकर होला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर – धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर मिल्ने योग छ । नाता-कुटुम्बको विशेष सहयोग रहनेछ । व्यापार-व्यवसाय विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । खर्च केही वृद्धि होला, तर काम बन्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।
कुम्भ – भाग्योन्नतिको समय छ । पहिलेको सफलताले थप हौसला जगाउला । ब्यवसायमा राम्रै लाभ हुनेछ भने पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । दामपत्यसुख बढ्नाले मन प्रशन्न रहला । रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।
मीन – आजको दिन रोजगारीमा बाधा आइपर्नुका साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने सम्भावना छ, सजग रही ब्यवहार गर्नुहोला । तथापि, आफन्तको साथबाट आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कर्मबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख-विलासको भाव जागृत होला ।
प्रतिक्रिया