आजको पञ्चाङ्ग एवम् राशिफल (३ वैशाख २०८३ बिहीबार, १६ अप्रिल २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ वैशाख २०८३ बिहीबार, १६ अप्रिल २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख ३ गते तद्अनुसार सन् २०२६ अप्रिल १६ तारिक बिहीबार वैशाख कृष्णपक्षको चतुर्दशी तिथि उत्तराभाद्रपद नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा पद्म योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४१ बजे र सूर्यास्त साँझ १८ः२८ मा हुनेछ ।

आजको राशिफल

मेष – आज केही चुनौती बढ्न सक्छ । स्वास्थ्यले पूरा साथ नदिँदा नियमित कार्यमै ब्यवधान पैदा हुने सम्भावना छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा उचित हुनेछ । विश्वास गर्न नसकिने व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । शोख पूरा गर्नमा खर्च बढ्ला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । आफन्तको साथ मिल्नाले शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ ।

वृष – आजको दिन इष्र्या गर्नेहरूले काममा अवरोध खडा गर्न सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, तर बुद्धि–विवेकको सही प्रयोगले परिणाम तपाईंको पक्षमा रहनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यबल बढ्नेछ भने समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कर्मबल र आत्मविश्वासमा कमी आउनेछैन । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । स्वास्थ्य केही कमजोर रहेपनि पढाइलेखाइमा प्रगति होला । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुने योग छ । तर, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । प्रेमको बन्धन कसिने देखिन्छ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यजीवन सुखद रहला । सन्तान पक्षबाट सुख मिल्नेछ । नियमकानूनले साथ दिनाले शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।

कर्कट – आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, कार्य सफलताका लागि दौडधुप वृद्धि हुनेछ । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्छ, ध्यान दिनुहोला । तथापि, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसरजुटे पनि अरूलाई जथाभावी वचन दिने बानीले भने दुःख पाइनेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहने देखिन्छ ।

सिंह – धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । यसका बाबजुद समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने देखिन्छ । शुभता र सामथ्र्य बढेर रोकिएको काम बन्नेछ । आरोग्यबल बढ्नेछ । मित्रहरूको साथ रहनेछ ।

कन्या – केही चुनौती र ब्यस्तता बढ्ने दिन छ । बाध्यताका काममा जुट्नुपर्ला । यात्रागत कार्यमा समस्या आउने देखिन्छ, आजका लागि अनावश्यक भ्रमण कार्य रद्द गर्नु नै हितकर होला । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । विपरीतलिंगीको माध्यमबाट फाइदा हुने योग छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ, तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । चुनौतीका बाबजुद कर्मबल वृद्धि हुनेछ ।

तुला – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने, आयबल बढ्ने र सुख वृद्धि हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । तर, नयाँ काममा हात हाल्ने योजनामा हुनुहन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आफन्तको साथले यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक – नियमित कार्यमा खासै जाँगर नचलेपनि पारिवारिक सुख वृद्धि हुने समय छ । प्रेमको बन्धन कसिनुका साथै मनोरञ्जनात्मक एवम् रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । अरूको धेरै विश्वास गर्दा धोका मिल्नसक्ने योग छ, आफ्नै सामथ्र्यमा अघि बढ्ने प्रयास सार्थक रहला ।

धनु – काम बिग्रने भयले सताएपनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नहरू खेर जाने छैनन् । गुरुजनको विशेष सहयोग जुट्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा आंशिक सफलता मिल्नेछ । यात्रापर काम थाती राख्नु उचित होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

मकर – आजको दिन लगानी र श्रमको उचित मूल्य मिल्न कठिन पर्ला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । तथापि, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ने देखिन्छ । समुदायको हितमा राम्रै काम गर्न सकिएला । चर्को प्रतिस्पर्धामा पनि विजयी भइनेछ । सभा–समारोहका बीच सम्मान मिल्ने योग छ । विपरीतलिंगी मित्रको साथ पाइने देखिन्छ ।

कुम्भ – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने देखिन्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर प्रतिष्पर्धीहरू किनारा लाग्नेछन् । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । रोकिएको काम इष्टमित्रको सहयोगमा पुनः अघि बढ्ने योग छ ।

मीन – केही धुनौती र ब्यस्तताले भरिएको समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन भएपनि विगतका समस्या बल्झिन सक्छन् । व्यापार-व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुनसक्छ, धैर्य राख्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ भने सहयोगी भावना जागृत हुने देखिन्छ ।