भीषण आगलागीमा परेर उदयपुरमा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

भीषण आगलागीमा परेर उदयपुरमा दुई जनाको मृत्यु, एक गम्भीर घाइते


उदयपुरको बेल्टारमा गएराति घरमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । चौदण्डिगढी नगरपालिका-७ स्थित घरमा राति पौने तीन बजेतिर सुरु भएको आगलागीमा परेर स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको हो ।

प्रहरीले जनाएअनुसार बेल्टारस्थित शान्तिचोकका लक्ष्मिनारायणको घरबाट विद्युत्‌को तार सर्ट भएर एक्कासी आगो लाग्दा स्थानीय रबिनकुमार दास र सकलदेवको घरसमेत जलेर पूर्ण रूपमा नष्ट बनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा जलेर खड्काद्वयको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार आगलागीमा परेर अस्मिता खड्का घाइते भएकी छन् भने उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ ।

मंगलबार बिहान आगलागी नियन्त्रणमा लिइएको भएपनि क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन ।