पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शेरामा आज (११ वैशाख) दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस सडकछेउमा पल्टिएर दुर्घटना भएको हो ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार घाइते सबैलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र लगिएको छ ।
प्रतिक्रिया