खाली गरियो थापाथलीको सुकुमबासी बस्ती

खाली गरियो थापाथलीको सुकुमबासी बस्ती


काठमाडौंको थापाथली (बागमति किनार)स्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।

सरकारले बागमती नदीकिनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज (१२ वैशाख) बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाडौं महानगरपालिका-९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

photo: rss