(भू-राजनीतिको चक्रव्यूहमा इरान र नेपाल सम्बन्ध)
नेपालको भौगोलिक अवस्थिति सधैं महाशक्तिहरूको आँखाको कसिङ्गर बनेको छ । पछिल्लो समयमा भएका विभिन्न सैन्य तथा रणनीतिक सम्झौताहरूले एउटा डरलाग्दो चित्र देखाउँछन् । प्रश्न उठ्छ- के नेपालमा उदय भइरहेका पश्चिमा आइएनजीओको नर्सरीबाट उत्पादित चट्पट जस्ता ‘रागिला, ‘रंगिला’ र अदूरदर्शी पात्रहरुलाई माध्यम बनाएर अमेरिकाले चीनविरुद्धको ‘बेस क्याम्प’ खडा गर्न लागेको हो ?
✍ डिल्ली अम्माई
वर्तमान विश्व राजनीति एउटा यस्तो मोडमा पुगेको छ, जहाँ ‘शक्ति’ र ‘स्वार्थ’ बाहेक नैतिकताका सबै पर्खालहरू भत्किँदै गएका छन् । एकातिर इरान जस्तो आफ्नो प्राचीन सभ्यता र स्वाभिमान जोगाउन संघर्ष गरिरहेको देशमाथि ‘नेतृत्व सफाया’ र ‘ढुंगेयुग’मा पुर्याउने धम्की साम्राज्यवादी कठोर धम्की छ भने अर्कातिर नेपाल जस्ता साना राष्ट्रहरूलाई महाशक्तिहरूको पश्चिमा सैन्य रणनीतिको ‘बेस क्याम्प’ बनाउने प्रपञ्च रचिएको छ।
वर्तमान विश्व राजनीतिको यो संक्रमणकालीन अवस्थाले एकाधिकारवादी ‘शक्ति संरचना’ र न्यायपूर्ण ‘विश्व व्यवस्था’ बीचको तीव्र द्वन्द्वलाई उजागर गरेको छ । एकातिर इरान जस्ता देशहरू आफ्नो सार्वभौमिकता र सभ्यताको रक्षार्थ साम्राज्यवादी घेराबन्दीको सामना गरिरहेका छन् भने, अर्कातिर नेपाल जस्ता रणनीतिक महत्वका साना राष्ट्रहरूलाई शक्ति राष्ट्रहरूले आफ्नो सैन्य र भू-राजनीतिक स्वार्थको ‘चेस बोर्ड’ बनाउन खोज्दैछन् । यो भयावह मोडमा नैतिकताको पर्खाल भत्किनुले केवल युद्धको खतरा मात्र बढाएको छैन, बरु यसले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय कानुन र संस्थाहरूको असफलतालाई पनि पुष्टि गरेको छ । यस्तो अवस्थामा टकरावको अन्त्य परम्परागत शक्ति केन्द्रहरूबाट भन्दा पनि ‘ग्लोबल साउथ’ को उदय र विश्वव्यापी जनदवाबाट मात्र सम्भव देखिन्छ, जसले सैन्य शक्तिको उन्मादलाई बहुध्रुवीय र समतामूलक नयाँ विश्व व्यवस्थाले विस्थापित गर्न सकोस् ।
वर्तमान वैश्विक अवस्था,अन्तरविरोध, सनकहरु र भविष्यको कार्यदिशालाई तल विश्लेषण गर्ने प्रयत्न गरिएको छ :
इरानमाथिको प्रहार : मानवीयता कि साम्राज्यवादी क्रूरता ?
४० वर्षदेखि कठोर आर्थिक नाकाबन्दी र यातनाको सामना गरिरहेको इरानलाई अहिले पुनः युद्धको भुमरीमा धकेल्ने प्रयास भइरहेको छ । न्युयोर्क टाइम्सको दाबी र अमेरिकी प्रशासनको आक्रामक शैलीले के संकेत गर्छ भने, यो युद्ध केवल कुनै एउटा देश विरुद्ध मात्र होइन, बरु पश्चिमी प्रभुत्व स्वीकार नगर्ने हरेक राष्ट्रका लागि एउटा कठोर चेतावनी हो । इरानका सम्भावित सर्वोच्च नेता मुस्तफा खामेनी घाइते हुनु र त्यसैको आडमा इरानको सम्पूर्ण संरचना ध्वस्त पार्ने धम्की दिनुले ‘डिप स्टेट’ (Deep State) को अर्को नयाँ युद्धभूमि खोज्ने भोकलाई प्रस्ट पार्छ । आफ्नै माटोमा सीमित रहेर कसैलाई आक्रमण नगरेको शान्त देशलाई ‘ढुंगेयुग’मा पुर्याउने धम्की दिनु,साना राष्ट्रका सम्पदा लुट्नु,देश गाभ्ने धम्कि दिनु,राष्ट्र प्रमुख अपहरण गर्नु र यौन रैसको लागि टापुनै कब्जा गर्न लगाएर नाबालिकाहरुलाई इलिटको मनोरन्जनको लागि समर्पण गर्नु, आधुनिक साम्राज्यवादको सबैभन्दा फोहोरी अनुहार हो ।
नेपालको सन्दर्भ (‘इन्डो-प्यासिफिक’ र चीन विरुद्धको मोर्चा) :
नेपालको भौगोलिक अवस्थिति सधैं महाशक्तिहरूको आँखाको कसिङ्गर बनेको छ । सन् २०१९ देखि नेपाललाई अमेरिकी ‘इन्डो-प्यासिफिक रणनीति’ (IPS) मा सहभागी गराइनु, नेपाली सेना नै अमेरिकी सरकारको कठपुतली सेना बन्नु र पछिल्लो समयमा भएका विभिन्न सैन्य तथा रणनीतिक सम्झौताहरूले एउटा डरलाग्दो चित्र देखाउँछन् । प्रश्न उठ्छ- के नेपालमा उदय भइरहेका पश्चिमा आइएनजीओको नर्सरीबाट उत्पादित चट्पट जस्ता ‘रागिला, ‘रंगिला’ र अदूरदर्शी पात्रहरुलाई माध्यम बनाएर अमेरिकाले चीनविरुद्धको ‘बेस क्याम्प’ खडा गर्न लागेको हो ?
इतिहास साक्षी छ, महाशक्तिहरूले साना देशहरूलाई कहिल्यै निःस्वार्थ माया गर्दैनन्। उनीहरूले केवल आफ्नो स्वार्थका लागि ‘प्रोक्सी’ (Proxy) तयार गर्छन् । इराक,अफगानिस्तान, सिरिया वा लिबियाको हालत हेर्दा बुझ्न सकिन्छ कि अमेरिकी साम्राज्यवादले कसरी स्थानीय शक्तिहरूलाई आपसमा लडाएर देशको साधन-स्रोतमाथि कब्जा जमाउँछ । नेपालका सन्दर्भमा पनि, वैदेशिक सहायता र ‘साझेदारी’ को नाममा आउने रणनीतिहरूले अन्ततः हाम्रो असंलग्न परराष्ट्र नीति र राष्ट्रिय अखण्डतालाई नै धरापमा पार्ने देखिन्छ ।
यसर्थ, इरानको विडम्बना र नेपालको भू-राजनीतिक दबाब एउटै सिक्काका दुई पाटा हुन् । शक्तिशाली राष्ट्रहरूले आफ्नो ‘ग्लोबल एजेन्डा’ पुरा गर्न साना र अल्पविकसित देशहरूको सभ्यता, संस्कृति र शान्तिलाई दाउमा लगाइरहेका छन् । पक्ष बिपक्षमा रहेका हाम्रा नेताहरूले समयमै चेतना पुर्याएनन् र अन्तर्राष्ट्रिय शक्तिको ‘खेलौना’ बनिरहे भने भोलि नेपाल पनि महाशक्तिहरूको टकरावको अर्को कृडास्थल बन्ने निश्चित छ । आफ्नो माटोको रक्षाका लागि अर्काको रणनीति बुझ्न र आफ्नै आत्मनिर्भर बाटो खोज्न अब ढिला भइसकेको जस्तो देखिन्छ । लाग्छ- नेपालीले आफ्नो टाउकोमा इरानमा जस्तै घन प्रहार नभइ नचेत्ने जस्तो लाग्दैछ ।
नेपालमा ‘डिप स्टेट’ को घुसपैठ (सांस्कृतिक विसर्जन र ‘खम्पा-२’ को छाया) :
नेपालको राजनीति अहिले एउटा यस्तो चौबाटोमा आइपुगेको छ, जहाँ बाह्य शक्तिहरूको पदचाप भान्सासम्मै सुनिने थालेको छ । अमेरिकी सहायक विदेश मन्त्री ,कर्मचारी र सैन्य अधिकारीहरूको तारन्तार भ्रमणले काठमाडौंको सत्ता गलियारामा ‘वाशिङ्गटन’को बढ्दो प्रभाव मात्र होइन, बरु दक्षिण एसियामा एउटा नयाँ युद्धभूमिको घनिभूत तयारीलाई संकेत गरिरहेको छ । अचम्म त के छ भने, यी नरभक्षी शक्तिहरूको खेल बुझेर चीन र भारत समेत झस्किएका छन्, तर नेपालका ‘रंगिला’ र अदूरदर्शी नेताहरू भने उनीहरूकै स्वागतमा रेड कार्पेट ओछ्याइरहेका छन् । यसबाट एउटा प्रश्न उब्जिएको छ, ‘के नेपालबाट ति देशभक्तहरुले बगाएको रगत पखालिइसक्यो ?’
भू-राजनीतिमा साना पात्रहरूलाई सधैँ एउटा निश्चित प्रयोजनका लागि ‘प्रोक्सी’का रूपमा प्रयोग गरिन्छ । सुदन गुरुङ जस्ता पात्रहरूको उदय र अवतरण त्यसकै एउटा कडी हो । भोलि बालेनको अवस्था पनि त्यस्तै हुन सक्छ।
‘युज एण्ड थ्रो’ को राजनीति र सुदन गुरुङ प्रकरण :
भू-राजनीतिमा साना पात्रहरूलाई सधैँ एउटा निश्चित प्रयोजनका लागि ‘प्रोक्सी’का रूपमा प्रयोग गरिन्छ । सुदन गुरुङ जस्ता पात्रहरूको उदय र अवतरण त्यसकै एउटा कडी हो । भोलि बालेनको अवस्था पनि त्यस्तै हुन सक्छ। साम्राज्यवादले सृजना गरेका हरेक पदहरुको मूल्य, काम र समयसीमा उनीहरुले नै तोक्छन् । मुर्खता र महत्त्वाकांक्षाको मिश्रणलाई प्रयोग गरेर पुर्व गृहमन्त्री र प्रधानमन्त्रीलाई तर्साउने जुन खेल रचियो, त्यो तर्साउनको लागि ‘डिप स्टेट’को एउटा परीक्षण मात्र थियो । मिसनमा ब्याक्तिको जीवन, प्रतिष्ठा र पदको मूल्य नै हुँदैन । जब कुनै पात्रबाट वृहत्तर योजना (Grand Design) पुरा नहुने देखिन्छ, उसलाई ‘युज एण्ड थ्रो’को शैलीमा फ्याँकिन्छ । यो इतिहासदेखि चल्दै आएको साम्राज्यवादी चरित्र हो ।
सांस्कृतिक सम्पदाको खरानी र क्रिश्चियन मिसनको जग :
विक्रम सम्बत २०४९ सालदेखि नै नेपालको मौलिक पहिचानमाथि आक्रामक प्रहार सुरु भएको देखिन्छ। बिद्रोही नेता भीमदत्त पन्तको हत्यादेखि विभिन्न कालखण्डका कोतपर्व र क्रमश: भएका हत्या शृङ्खलाहरूमा कतै न कतै दक्षिण र पश्चिमका ‘डिप स्टेट’ का हातहरू जोडिएका छन् । नेपालका सांस्कृतिक सम्पदा र मौलिक धर्म-संस्कृतिलाई कमजोर बनाउनुको मुख्य उद्देश्य देशलाई आत्मिक रूपमा खोक्रो बनाउनु हो । ‘मिसन क्रिश्चियन स्टेट’ को जग बलियो नबनाई ‘मिसन खम्पा’ को दोस्रो संस्करण सफल हुन सक्दैन भन्ने रणनीति पश्चिमा शक्तिहरूले राम्रोसंग बुझेका छन् । त्यसैले उनीहरुले उत्तरपूर्वी भारतलाई अलग्याउने रणनीतिमा घनिभूत रुपमा लागेका हुन् । नेपालको सन्दर्भमा पनि लालची नेता, बुद्धिजीवी र मुर्ख केटाहरूको फौज खडा गरेर नेपालको सभ्यतामाथि क्रमश फोहोरी आक्रमण भइरहेको छ। तर त्यो सभ्यता र संस्कृतिको बिनष्टिसंग अहिले कसैको सरोकार देखिँदैन ।
चीन र भारतको सामरिक स्वार्थ र नेपालको रक्षा :
अबको प्रश्न केवल नेपालको मात्र रहेन । यदि नेपाललाई चीन विरुद्धको ‘अस्थाई सैन्य बेस क्याम्प’ मात्र बनाइयो भने त्यसको बाछिटाले भारत र चीन दुवैलाई पोल्नेछ । पश्चिमाहरूको घुसपैठलाई रोक्न चीन र भारत मिलेर आफ्नो सामरिक स्वार्थलाई एउटै ठाउँमा उभ्याउने बेला आएको छ । यदि यी दुई छिमेकीले समयमै चेतना पुर्याएनन् भने नेपालमा ‘मिसन खम्पा-२’ को पुनरावृत्ति हुने निश्चित छ, जसले समग्र दक्षिण एसियाकै शान्तिलाई ढुङ्गे युगमा पुर्याउन सक्छ ।
यसर्थ, नेपालका नेताहरू बाह्य शक्तिको इसारामा चल्ने ‘दलाई लामाका भुसुना’ पात्र बन्नु देशका लागि दुर्भाग्यपूर्ण छ । आफ्नो माटोको रक्षाका लागि अब राष्ट्रवादी शक्तिहरूले ‘डिप स्टेट’ को यो चक्रव्यूहलाई तोड्नुपर्छ । सांस्कृतिक अतिक्रमण र साम्राज्यवादी सैन्य रणनीतिको विरुद्धमा नउभिने हो भने नेपाल एउटा सार्वभौम राष्ट्र नभएर महाशक्तिहरूको द्वन्द्वको ‘बलिदानी बोको’ बन्ने निश्चितप्राय: छ ।
इरानदेखि हिमालयसम्म साम्राज्यवादी वेभ (‘खम्पा-२’ र चीन घेर्ने अन्तिम चक्रव्यूह) :
विश्व राजनीति अहिले एउटा यस्तो भयावह मोडमा छ, जहाँ ‘साम्राज्यवादी लहर’ (Imperialist Wave) पश्चिमबाट इरानलाई ढाल्दै पूर्वतिर अर्थात् दक्षिण एसिया र चीनको सिमानातिर तीव्र गतिमा सर्दैछ । न्युयोर्क टाइम्सको दाबी र अमेरिकी प्रशासनको ‘ढुङ्गे युग’ मा पुर्याउने धम्की केवल इरानका लागि मात्र होइन, बरु यो समग्र पूर्व (East) का विरुद्ध एउटा घोषित युद्धको संकेत हो । इरानले यो साम्राज्यवादी छाललाई रोक्न सकेन भने, यसको प्रत्यक्ष पराकम्पन चीन र भारतको मुटुसम्म पुग्ने निश्चित छ । हालै प्रकाशित अमेरिकी खुफिया रिपोर्टले पनि त्यो कुरालाई छर्लंग पारेको छ ।
इरानको प्रतिरोध र चीन-भारतको संशय :
इरानमाथिको प्रहारले चीन र भारत दुवैलाई एउटा अस्तित्ववादी संकट (Existential Crisis) मा धकेलिदिएको छ । चीनका लागि इरान उसको ऊर्जा सुरक्षा र ‘बेल्ट एण्ड रोड’ (BRI) को मुख्य द्वार हो भने भारतका लागि मध्य एसिया र चाबाहार जोड्ने रणनीतिक कडी । इरानमा हुने कुनै पनि नेतृत्व सफाया वा सत्ता परिवर्तनले चीनको पश्चिम ढोका खोल्नेछ, जहाँबाट पश्चिमा शक्तिहरूले सिधै सिन्जियाङ र तिब्बतमा अस्थिरता फैलाउन सक्नेछन् । भारतमा पनि दक्षिण-पूर्वी क्षेत्रमा सीआईए (CIA) एजेन्टहरूको सक्रियता र ‘मिसन क्रिश्चियन स्टेट’ को बढ्दो प्रभावले नयाँ चिन्ता थपिदिएको छ । यी सबै घटनाक्रमको एउटै लक्ष्य हो- एसियाली शक्तिहरूको उदयलाई रोक्नु र आफ्नो एकाधिकार कायम राख्नु ।
ताइवान र ‘खम्पा विद्रोह’को दोस्रो संस्करण :
ताइवानी चिप कम्पनीहरूका लागि कच्चा तेल र ग्याँस प्रशोधनबाट निस्कने सल्फर (Sulfur) र उप-उत्पादनका रूपमा पाइने हीलियम (Helium) ग्याँस अत्यन्त महत्त्वपूर्ण पदार्थहरू हुन् । हर्मुस जल डमरु (Strait of Hormuz) को सुरक्षामा ताइवान र अमेरिकाको गहिरो स्वार्थ छ किनभने ताइवानको चिप उद्योगका लागि आवश्यक ऊर्जा (LNG) को करिब ३७ प्रतिशत र विश्वको एक-तिहाइ व्यावसायिक हीलियम आपूर्ति यही मार्ग भएर आउँछ । यस मार्गमा अवरोध आउँदा ताइवानको विद्युत प्रणाली र उत्पादन प्रक्रियामा गम्भीर असर परी विश्वव्यापी स्मार्टफोन, AI, र सैन्य उपकरणको आपूर्ति शृङ्खला नै ठप्प हुन सक्ने भएकोले अमेरिकाले यसलाई आफ्नो रणनीतिक राष्ट्रिय सुरक्षाको विषय मान्दछ। त्यसको लिंक पनि हर्मुस जलडमरुसंग जोडिन्छ किनकि अमेरिका सबै हाइटेक कम्पनि ताइवानी चिप्ससंग जोडिएका छन् । अमेरिका हर्मुसमा झुण्डिनुको अर्को कारण त्यसलाई पनि मानिन्छ।
थाह भएकै कुराहो चीन प्रथम महासक्ति बन्दैछ । यसर्थ अमेरिकाले चीनलाई घेर्न दुई-तर्फी रणनीति (Two-Pronged Strategy) अपनाएको छ । पूर्वमा ‘ताइवान मुद्दा’ लाई चर्काएर चीनको नौसैनिक शक्तिलाई अल्झाउने र पश्चिममा नेपालको भूमि प्रयोग गरेर ‘मिसन खम्पा’ को दोस्रो संस्करण सुरु गर्ने । यदि ताइवानमा तनाव बढ्छ भने, चीनको ध्यान मोड्न र उसको आन्तरिक सुरक्षामा प्वाल पार्न नेपालको हिमाली क्षेत्रलाई ‘दोस्रो मोर्चा’ (Second Front) को रूपमा प्रयोग गरिने प्रवल सम्भावना छ । सन् २०१९ देखि नेपाललाई आइपिएस (IPS) मा सहभागी गराउनु र अहिले तारन्तार सैन्य भ्रमण हुनुले यो ‘खम्पा-२’ को तयारीलाई पुष्टि गर्छ ।
नेपाल अब केवल आन्तरिक राजनीतिमा सीमित छैन; यो विश्वकै सबैभन्दा खतरनाक सामरिक खेलको केन्द्र बन्दैछ । जटिल भू-राजनीतिक चेस खेलमा, काठमाडौंमा उडाइएको ‘बालेन लहर’ र प्रायोजित सरकार पनि यो चक्रव्यूहबाट जोगिने सम्भावना अत्यन्त न्यून देखिन्छ । जब स्थानीय शक्तिहरू ‘डिप स्टेट’का ठूला योजना (जस्तै: चीन घेर्ने मिसन) मा बाधक बन्न खोज्छन्, उनीहरूलाई पनि बंगलादेशको जस्तै नियति भोग्न बाध्य पारिने जोखिम रहन्छ ।
मिसन क्रिश्चियन स्टेट र सामरिक स्वार्थ :
दक्षिण-पूर्वी भारतदेखि नेपालका पहाडहरूसम्म फैलिएको ‘मिसन क्रिश्चियन स्टेट’ को एजेन्डा केवल धर्म परिवर्तनमा मात्र सीमित रहेको देखिदैन । यो एउटा यस्तो राजनीतिक र सामरिक ‘बफर जोन’ बनाउने योजना हो, जहाँ पश्चिमा एजेन्सीहरूको पूर्ण नियन्त्रण होस् । धार्मिक र सांस्कृतिक रूपमा देशलाई विभाजित गरेपछि मात्र ‘खम्पा’ जस्ता विद्रोहहरूलाई इन्धन दिन सजिलो हुन्छ । यो चीन घेर्ने पश्चिमाहरूको एउटा दीर्घकालीन र फोहोरी योजना हो, जसमा नेपालका केही अदूरदर्शी नेताहरू अनभिज्ञता वा स्वार्थका कारण सहयोगी बनिरहेका छन् ।
यसर्थ, इरानदेखि नेपालसम्मको यो साम्राज्यवादी वेभले समग्र दक्षिण र पूर्वी एसियालाई नै अस्थिर बनाउने लक्ष्य राखेको छ । अबको समय चीन र भारतका लागि आफ्ना सीमा विवाद र सानातिना मतभेद थाती राखेर साझा दुश्मन (पश्चिमा घुसपैठ) विरुद्ध सामरिक रूपमा उभिनुपर्ने बेला हो । यदि यी दुई छिमेकीले नेपालमा भइरहेको यो ‘मिसन खम्पा-२’ र सांस्कृतिक अतिक्रमणलाई समयमै रोक्न सकेनन् भने, हिमालय क्षेत्र अर्को भयानक युद्धभूमिमा परिणत हुनेछ ।
डिप स्टेटको चक्रव्यूह र नेपालको भविष्य : एक विश्लेषण
वर्तमान विश्व राजनीतिमा डोनाल्ड ट्रम्पको घट्दो लोकप्रियता, अमेरिकी सेनाभित्रको असन्तुष्टि र ‘डिप स्टेट’ (Deep State) को बढ्दो दबदबाले एउटा भयानक भविष्यतिर संकेत गरिरहेको छ । इजरायली सेल र मोसादको रणनीतिक प्रभावमा परेर ट्रम्प स्वयम् आफ्नै एजेन्डाबाट विचलित देखिनुले के स्पष्ट पार्छ भने – अमेरिकामा सत्ता जसको हातमा भए पनि वास्तविक लगाम यहुदी इलिटहरुको पकड रहेको ‘अदृश्य शक्ति’ (Deep State) कै हातमा छ । जसले उनीहरूको योजना मान्दैन, उसलाई राजनीतिक वा भौतिक रूपमै सिध्याइदिने (Eliminate) खतरा सधैँ रहन्छ ।
युरोपको छटपटी र हंगेरी, बंगलादेश तथा नेपाल जस्ता देशहरूमा ‘ओपन सोसाइटी फाउन्डेसन’ (OSF) र ‘डिप स्टेट’ले गराएको सत्ता परिवर्तन केवल संयोग होइनन् । रणनीतिक रूपमा दिलाइएको ‘दुई तिहाइ’ को जनादेश वास्तवमा नयाँ गडबडी र युद्धको मोर्चा खोल्ने तयारी हो भन्नेकुरा भविष्यले देखाउने नै छ । युक्रेन-रुस युद्धलाई थप चकाउनु र मध्यपूर्वदेखि दक्षिण एसियासम्म चीनलाई घेर्ने ‘एमआइसिक्स,सीआईए-मोसाद’ को महायोजना (Grand Plan) अन्तर्गत नेपाललाई एउटा महत्वपूर्ण अखडा बनाइँदैछ ।
यस्तो जटिल भू-राजनीतिक चेस खेलमा, काठमाडौंमा उडाइएको ‘बालेन लहर’ र प्रायोजित सरकार पनि यो चक्रव्यूहबाट जोगिने सम्भावना अत्यन्त न्यून देखिन्छ । जब स्थानीय शक्तिहरू ‘डिप स्टेट’का ठूला योजना (जस्तै: चीन घेर्ने मिसन) मा बाधक बन्न खोज्छन्, उनीहरूलाई पनि बंगलादेशको जस्तै नियति भोग्न बाध्य पारिने जोखिम रहन्छ । संक्षेपमा, नेपाल अब केवल आन्तरिक राजनीतिमा सीमित छैन; यो विश्वकै सबैभन्दा खतरनाक सामरिक खेलको केन्द्र बन्दैछ ।
साइबर पपुलिजम’को आवरणमा राष्ट्रिय विसर्जन (बालेन र नेपालको अग्निपरीक्षा) :
नेपालमा रोजगारी सिर्जना नहुनु र आर्थिक मन्दी छाउनुमा केवल कांग्रेस, एमाले वा माओवादी जस्ता दलहरू मात्र दोषी थिएनन् । यसको मूल कारण त पश्चिमा शक्तिहरूले नेपालमाथि लादेका ती आर्थिक, सामाजिक र राजनीतिक नीतिहरू थिए, जसले नेपाललाई परनिर्भर बनाइराख्न मद्दत गरे । तर, ‘डिप स्टेट’ र दलाल पुँजीवादको चलाखी हेर्नुहोस् – उनीहरूले डिजिटल र सोसल मिडियाको प्रयोग गरेर ती नीतिगत त्रुटीहरूलाई लुकाए र सम्पूर्ण आक्रोशको केन्द्र ‘परम्परागत दल’ लाई मात्र बनाए ।
‘देश खाली गर’ को तयारी :
अहिलेको मुख्य रणनीति भनेको युवाहरूलाई विदेश पलायन गराएर ‘देश खाली गर्ने’ र देशभक्त शक्तिहरूलाई कमजोर बनाउने हो । जब देशमा ऊर्जावान् युवाहरू र राष्ट्रवादी सोच भएकाहरू सकिन्छन्, तब ‘मुर्ख केटाहरु’ को एउटा झुण्ड बटुलेर चीन विरुद्ध घुसपैठ गराउन र वितण्डा मच्चाउन सजिलो हुन्छ । यो ‘मिसन’ कति खतरनाक छ भने, एकातिर उत्तरपूर्वी भारतमा स्थायी क्याम्प खडा गर्ने तयारी हुँदैछ भने अर्कातिर नेपालभित्रै हतियारको आपूर्ति र विद्रोहको बिउ रोपिँदैछ ।
साइबर पपुलिजम र टेक्नो-फासिज्मको प्रहार :
सरकारको हातखुट्टा बाँध्न अहिले ‘साइबर पपुलिजम’ र ‘टेक्नो-फासिज्म’ लाई आधुनिक हतियारको रूपमा प्रयोग गरिँदैछ । बिपी कोइरालादेखि केपी ओलीसम्मको राजनीतिक ज्ञान र अनुभवले समेत काम नगर्ने गरी एउटा यस्तो ‘डिजिटल भ्रम’ पैदा गरिएको छ, जहाँ सत्यभन्दा बढी असिना बर्षे झैँ ‘प्रचार’ ले शासन गर्छ । यस्तो अवस्थामा नेपालको भू-राजनीतिक सन्तुलन मिलाउनु र संसदीय अङ्कगणितलाई विदेशी स्वार्थबाट जोगाउनु नै अबको मुख्य चुनौती हो ।
अघि नै भनियो, यो सबै परिवेशलाई हेर्दा, काठमाडौँका मेयर बालेन शाहका लागि अबको बाटो सजिलो छैन । लोकप्रिय हुनु र देशको सामरिक संवेदनशीलतालाई बुझेर अघि बढ्नु फरक कुरा हुन् । ‘डिप स्टेट’ को आँखा बालेन जस्ता उदाउँदो शक्तिमाथि पनि छ, उनीहरूले यस्ता पात्रलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न वा बाटोबाट हटाउन कुनै कसर बाँकी राख्दैनन् । त्यसैले, भू-राजनीतिको यो चक्रव्यूहमा आफूलाई जोगाउँदै देशको हितमा उभिनु नै बालेनको वास्तविक ‘अग्निपरीक्षा’ हुने देखिन्छ। तर उनि मिसनाकै लागि ल्याइका रहेछन् भने ‘राम राम’ भन्नुको अर्को विकल्प राष्ट्रिय स्वाधिनको संघर्ष हुने छ ।
निष्कर्ष :
नेपालीले बुझ्नुपर्ने कुरा के हो भने – हाम्रा शत्रुहरू केवल बाहिर मात्र छैनन्, उनीहरू डिजिटल पर्दा र हाम्रै अदूरदर्शिताभित्र लुकेका छन् । यदि समयमै यो ‘खतरनाक मिसन’लाई चिनिएन भने, नेपाल केवल एउटा भूगोलमा सीमित रहनेछ, यसको राष्ट्रियता र अस्तित्व महाशक्तिहरूको खेलमा बिलाउनेछ । त्यसैले हामी साम्राज्यवादी शक्तिको उल्टो मिसनमा नलाग्ने हो भने देश खरानी हुन समय लाग्ने छैन । जय मातृभूमि !
प्रतिक्रिया