इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएका छन् । दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गर्नुका साथै मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको र ८४ जना घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको जनाएका छन् ।
स्थानीय समय अनुसार बेलुका करिब ८ः५० मा जकार्ता-बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरु एकआपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ ।
रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।
प्रतिक्रिया