नयाँ सरकारलाई सहयोग गर्न भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले पदबाट राजीनामा दिएका छन् । सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरुले बिहीबार (१७ वैशाख) राजीनामा दिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई २०८२ असार २५ गते त्रिविको उपकुलपतिमा नियुक्त गरेका थिए भने केसी र रिजालचाहिँ तत्कालीन प्रधानमन्त्री प्रचण्डको सिफारिसमा २०८० चैत ३० गते रेक्टर र रजिस्ट्रारमा नियुक्त भएका थिए ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भइ बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको प्रधानमन्त्री बालेन्द्र साहको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया