रुकुमबाट रोल्पा जाँदै गरेको जिप रोल्पाको थवाङस्थित जलजलामा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । बिहीबार (१७ वैशाख) दिउँसो सडकदेखि करिब ८ सय मिटर तल खसेर उक्त दुर्घटना भएको हो ।
जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको बताइएको छ ।
उद्धार कार्यमा खटिएका प्रहरीले जनाएअनुसार घटनामा परेर हालसम्म २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया