आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०८३ सोमबार, ४ मे २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०८३ सोमबार, ४ मे २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ ने.सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख २१ गते तद्अनुसार सन् २०२६ मे ४ तारिख सोमबार चैत्र कृष्णपक्षको तृतीया तिथि अनुराधा नक्षत्र ८ः४० पर ज्येष्ठा नक्षत्र परिघ योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः३८ बजे हुनेछ ।

आजको राशिफल

मेष – काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्ने समय रहेकोले सावधानी अपनाउनुहोला । खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, खानपानलगायतका विधि-व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । विशेष योजनामा बिघ्नबाधा उपस्थित हुन सक्छन् । बौद्धिक एवम् रचनात्मक कार्य बन्नेछ ।

वृष – खर्च केही बढ्ने र घरायसी समस्याले सताउनसक्ने समय छ । तथापि, आत्मविश्वास उच्च रहनाले कार्यमा सफलता मिल्ने देखिन्छ । सकारात्मक कार्यमा भएको खर्चले सन्तुष्टि दिलाउला । मित्रजनको साथ रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मिथुन – आजको दिन कतै विवाद तथा झैझगडाको सम्भावना रहेकाले विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । हातहतियारबाट जोगिन पनि सचेतना अपनाउनुपर्ने देखिन्छ । आर्थिक पक्ष ठिकै भए पनि अनावश्यक वादविवादमा परिएला । साझेदारसँग संयमतापूर्वक व्यवहार गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्छ, संयमताको खाँचो छ । चुनौतीका बाबजुद शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन अधुरा कार्यमा सफलता मिल्नुका साथै नयाँ काम गर्नमा जाँगर वृद्धि होला । आँटेका कामहरू सजिलै पूरा हुने देखिन्छ । आर्थिक लाभ मिल्ने खालको समय छ । सहयोगीहरूबाट साथ-समर्थन पाइएला । आवश्यक ठाउँमा बुद्धिविवेकको सही प्रयोग हुनेछ । रोकिएका काम मिहिनेतले सम्पन्न हुने योग छ । खर्च केही बढेपनि सुख–सुविधा प्रािप्तले सन्तोष दिलाउला ।

सिंह – चुनौती केही बढ्ने समय छ । सुख-सुविधाबाट टाढा रहनुपर्ला । विशेष परिणामको आशाका साथ गरिएको काममा खासै सफलता नमिल्ने योग छ । अनावश्यक ठाउँमा धनको नाश हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनाले सावधानी अपनाउनु उचित हुनेछ । यात्राका क्रममा विशेष सावधानी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।

कन्या – पराक्रम वृद्धिका साथै काममा साथीभाइको सहयोग प्राप्त हुने समय छ । तपाईंप्रति अरुको विश्वास बढ्नेछ । प्रेममा सुखद मिलनको अनुभव हेला । प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिनेछ । रमााइलो यात्राको योग छ । यात्राबाट धनको लाभ पनि हुने देखिन्छ । मान महत्व र पराक्रम बढ्नाले समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन मित्रजनबाट साथ-सम्मान पाइए पनि नोकरीमा अपजस आउने योग छ, सजग रही कार्य-व्यवहार गर्नु हितकर हुनेछ । नियमित कार्यमा आवश्यक जाँगर नचल्दा कामहरू अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ, सजग रहनुहोला । नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । रसरागमा आकर्षण रहला ।

वृश्चिक – आजको दिन सामाजिक काममा नेतृत्वदायी भुमिकामा खट्नुपर्ला । मान-प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन् । चल–अचल सम्पत्तिको कारोवार हुने सम्भावना छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुखशान्ति बढ्नुका साथै गर्न लागेको विशेष कार्यमा सफलता मिल्नेछ ।

धनु – आत्मविश्वास तथा पराक्रम वृद्धि भइ धनलाभ हुने समय छ । आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिकलाभ मिल्नाले मन हर्षित हुने देखिन्छ । विशेष योजना कार्यान्वयनको सवालमा पनि अनुकुल समय छ । काम पूरा गरेरै छाड्ने अठोट गर्दा कठिन कार्य पनि सफल हुनेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । परिवारिक सुखले उत्साह बढाउनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – शुभदायी र नयाँ काम सुरु गर्ने समय छ । भाग्यले साथ दिनाले आर्थिक लाभ हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला । प्रेम प्रसंगमा रमाइनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । सन्तानसुख वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – रचनात्मक काममा जुट्ने समय छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । आयआर्जन बढ्नाले मन प्रशन्न रहला । सन्तान पक्षबाट पनि सुखको समाचार आउला । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । प्रेमभावका साथै आँट वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीन – ब्यस्तता बढ्ने र व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि सम्पन्न हुने दिन छ । नयाँ काममा मन जाने देखिन्छ । अरुलाई गरेको बाचा पूरा होला । मित्र एवम् आफन्तजनको साथ मिल्ने योग छ । सुख विलास बढ्नेछ । यात्रापरक काम बन्नुका साथै कुनैपनि समस्याको समाधान मिल्नेछ ।