✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख २३ गते तद्अनुसार सन् २०२६ मे ६ तारिख बुधवार शुद्ध ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि ५ः२८ पर पञ्चमी तिथि मूल नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः४० मा हुनेछ ।
आजको राशिफल
मेष – व्यवसायमा लगानी बढाउन उपयुक्त हुने समय छ । मित्रजनको साथ-सहयोगले उत्साह जगाउला । परोपकारका कार्य गरिने एवम् व्यापारमा पनि प्रगति हुने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । इगो प्रदर्शन गर्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ, संयमतापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । खानपानमा विशेष सजग रहनु हितकर हुनेछ ।
वृष – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुरऱ्याउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ भने नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको योग छ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछन् । तर, स्थायी सम्पत्तिमा केही विवाद आउने देखिन्छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन् । टाढिएका आफन्तसँग पुनर्मिलन हुनसक्छ । दाम्पत्यसुख बढ्नेछ ।
मिथुन – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउन सक्छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौती पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानलगायतका क्रियाकलापमा विशेष ध्यान राख्नुहोला । नोकरी तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छ । सावधान रहनु हितकर होला ।
कर्कट – मिश्रित फलदायी समय छ । आजको दिन घर–जग्गा तथा सम्पतिसम्बन्धी विषयमा विवाद पर्नसक्ने योग रहेकोले यस्ता मामलामा सचेत रही व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहला, सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ ।
सिंह – विशेष लाभदायी काम प्रारम्भ हुने समय छ । मंगलमय कर्म सम्पादन तथा सामाजिक दायित्व बहनमा दिन गुज्रने देखिन्छ । बौद्धिक पक्षमा लाभ मिल्ला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुने सम्भावना रहेकोले सचेत रही व्यवहार गर्नु उचित हुनेछ । आजको दिन सवारीसाधनको प्रयोग विशेष सावधानीसाथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने योग छ ।
कन्या – आजको दिन राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । कठोर मेहनतले मात्र काम बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिने समय छ । आयआर्जनमा कमी आउने तथा घरखर्च बढ्ने योग छ । अनावश्यक खर्च र ऋणभार बढ्ने सम्भावना रहेकोले सावधान रही आर्थिक व्यवहार गर्नुहोला ।
तुला – आजको दिन आत्मबल जागृत गरी प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ध्यन राख्नुहोला । अरूको उक्साहटमा लाग्नाले हानी हुन सक्छ ।
वृश्चिक – भाग्यबल बढ्नाले रोकिएको काम बन्ने तथा आफन्तको साथले उन्नति हुने देखिन्छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने योग रहेको छ ।
धनु – सानो प्रयासले पनि ठुलै काम बन्न सक्ने समय छ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ला । सहयोगीको राम्रो साथ मिल्ला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, तर घरमा सामान्य मनमुटाव हुने देखिन्छ । तपाईंको काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन् । महत्वपूर्ण बस्तु गुम्ने योग छ, सचेत रहनुहोला ।
मकर – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुने योग छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम बिग्रन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
कुम्भ – दैनन्दिन कार्यमा जाँगर बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योग छ । बाहिरी यात्रामा कष्ट हुने देखिन्छ, सजग रहनुहोला ।
मीन – धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रशन्नता मिल्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही मात्रामा सताउन सक्छ, सजग रहनुहोला ।
प्रतिक्रिया