धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धारिलो हतियार प्रयोग गरी युवकको हत्या


काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार (२३ वैशाख) एक युवकको हत्या भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको धारिलो हतियार प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।

घटनाबारे जानकारी दिँदै उनले भनेका छन्, ‘धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्नेछ ।’

प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।