✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं.११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८३ वैशाख २३ गते तद्अनुसार सन् २०२६ म ६ तारिख बिहीबार शुद्ध ज्येष्ठ कृष्ण पक्षको चतुर्थी तिथि ५ः२८ पर पञ्चमी तिथि मूल नक्षत्र सिद्धि योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः४० मा हुनेछ ।
आजको राशिफल
मेष – नियमित कार्यमा पनि राम्रै जाँगर चल्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्ला । सन्तान पक्षबाट सुख मिल्नेछ । समग्रमा अनुकूलताले भरिएको दिन छ ।
वृष – शुभदायी समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । तथापि, पत्याइएका सहयोगीहरू पछि हट्ने र प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । परिवारजनको साथले उत्साह जगाउला । मनोरञ्जनात्मक क्रियाकलापमा केही खर्च हुने योग छ ।
मिथुन – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । इष्टमित्रको साथ–सहयोग र प्रशंसा प्राप्त होला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । कामबाट फुर्सद मिल्नुका साथै मन प्रसन्न रहला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्ने योग छ । प्रेमभाव बढ्नेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।
कर्कट – मेहनतको फल प्राप्त हुने समय भएपनि अरूको भरपर्दा धोका मिल्न सक्छ । ब्यस्तता बढ्ने तर कामको परिणामचाहिँ परिश्रमभन्दा कमै मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कठोर मिहेनतले परिवारजनका आवश्यकता पूरा हुनेछन् । चुनौतीका बाबजुद रसरागको भाव वृद्धि हुने देखिन्छ ।
सिंह – आजको दिन अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । ज्यादा समय अरूका काममा समय खर्चनुपर्ने देखिन्छ । तर, आश मारेको काम बन्नाले उत्साह जाग्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिकताको प्रभावले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कन्या – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नियमित कार्यमा मन लाग्नेछ, गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आर्थिक लाभ हुने तथा भौतिक वस्तु प्राप्तिको योग छ । व्यापार तथा साझेदारीमा पनि फाइदा होला । मित्रहरूको साथ रमाइलो यात्राको अवसर जुट्न सक्छ । स्वास्थ्य सबल रहनेछ ।
तुला – मिश्रित फलदायी दिन छ । समयमै आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । वादविवादमा परिने सम्भावना छ, विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । अर्थको अभावले बन्नैलागेको काम अधुरो रहन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विपरीतलिंगीबाट सहयोग मिल्ने देखिन्छ ।
वृश्चिक – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने समय छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, यसप्रति सचेत रहनुहोला । व्यवसायमा लगानी वृद्धि हुनेछ भने रोकिएको काममा विशेष मिहेनत लगाउनुपर्ने देखिन्छ । सुख–सुविधाको बस्तुमा आकर्षण रहनाले खर्च वृद्धिको योग छ ।
धनु – विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, सुख–सुविधाका बस्तुमा खर्च वृद्धि हुन सक्छ, ध्यान राख्नुहोल । आरोग्यता र पराक्रम बढ्नेछ ।
मकर – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कर्मफल प्राप्तिका लागि विशेष मिहेनत लगाउनुपर्ला । आयबल बढ्नेछ भने गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुनसक्ने योग छ, ध्यान राख्नुहोला । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ ।
कुम्भ – आश मारेको काम बन्ने सम्भावनाका कारण उत्साह जागृत हुने समय छ । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ, तर त्यसको बाबजुद बाध्यतापूर्ण काममा जुट्नु उचित होला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास कायम रहनाले भइपरी आउने जस्तोसुकै समस्या सुल्झाउन सकिनेछ ।
मीन – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । सामाजिक उत्तरदायित्व बहन गर्दै भविष्यमा फाइदा हुने कार्ययोजना हात पर्न सक्छ । अप्ठ्यारो पार्नका लागि प्रतिस्पर्धीहरूद्वारा गरिएको प्रयासप्रति सावधान रहँदै नियमित कार्यमा लागिपरे नसोचेको सफलता हात पर्ने योग छ । दौडधुप बढेपनि आफन्तको साथ मिल्नेछ । प्रेम सम्बन्धको दृष्टिले आजको दिन त्यत्ति उत्साहजनक नरहने देखिन्छ ।
प्रतिक्रिया