आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०८३ शुक्रबार, ८ मे २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०८३ शुक्रबार, ८ मे २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख २५ गते तद्अनुसार सन् २०२६ मे ८ तारिख शुक्रबार ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि ८ः५० पर सप्तमी तिथि उत्तराषाढा नक्षत्र शुभ योग भद्रा करण आनन्दादिमा आनन्द योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ । रेडक्रस दिवस ।

आजको राशिफल

मेष – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा-समारोहमा भाग लिने अवसर प्राप्त होला । तार्किक क्षमता बढ्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । तथापि, विशेष प्रयत्नका बाबजुद अवसरको पूरा लाभ उठाउन मस्किल पर्ने योग छ, ध्यान राख्नुहोला । प्रेमभाव वृद्धि र रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगी मित्रको साथ-सहयोग मिल्नेछ ।

वृष – नियमित कार्यमा ब्यस्तता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इरेष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, तर रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । मिष्ठान्न भोजनको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । आजको दिन स्वास्थ्यमा भने केही कमजोरीको अनुभूति हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुनसक्छ, सचेत रहनुहोला । तथापि, परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यसुख बढ्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, तर अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ला । नियमित काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । कर्मबल वृद्धिसँगै साथीभाइको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण रहनेछ ।

सिंह – आजको दिन केही चुनौतीयुक्त रहला, तर राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनुहोला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । आरोग्यबल रहनेछ ।

कन्या – आजको दिन व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने समय छ । आँटेका काम तत्काल सम्पादन हुनसक्ने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । व्यस्तताका साथै खर्च केही बढ्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्ने दिन छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । तथापि, आज अनावश्यक भ्रमण हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा केही खर्च हुने योग छ । आफन्तजनको साथ मिल्नेछ ।

वृश्चिक – ब्यस्तता वृद्धिका साथै व्यावसायिक काममा खर्च बढ्ने समय छ । यात्रा सुखद रहेपनि भावी योजनाबारेको चिन्तन र चिन्ताले सताउन सक्छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता रहला । स्वास्थ्य सबल रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

धनु – रोकिएका काम बन्नाले उत्साह जागृत भएपनि विगतका समस्या बल्झिन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छ । तथापि, पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – आजको दिन मेहनतअनुसार फाइदा कमै होला, तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको काम समयमा सम्पादन हुन सक्ने सम्भावना कमै देखिएपनि नियमित कार्यबाट उपलब्धि नै मिल्नेछ । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुनसक्छ । परोपकारका कार्यमा ध्यान दिनु हितकर सावित होला ।

कुम्भ – कुनै विषयले मनमा त्राासको अवस्था रहेपनि आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै यात्रागत कार्यमा सफलता मिल्ने देखिन्छ । कामको चापबाट फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।

मीन – आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।