✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख ३० गते तद्अनुसार सन् २०२६ मे १३ तारिक बुधवार ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि उत्तराभाद्रपद नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ बजे भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । अपरा एकादशीव्रत ।
आजको राशिफल
मेष – काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार–व्यवसायबाट लाभ मिल्ने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई कुनै पनि आश्वासन नदिनु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । सानातिना काममा समय बित्ने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
वृष – काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार–व्यवसायबाट लाभ मिल्ने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई कुनै पनि आश्वासन नदिनु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । सानातिना काममा समय बित्ने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
मिथुन – आजको समय केही प्रतिकुल रहन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला । समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ । छरछिमेकमा झैझगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला । आर्थिक अपब्ययको योग छ । श्रमको समुचित मूल्यांकन नहुनाले आम्दानीमा बाधा पुग्ने देखिन्छ । महत्वपूर्ण कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।
कर्कट – मिश्रित फलदायी दिन छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ, तर पढाइलेखाइमा मन नजान सक्छ । रासरागमा आकर्षण रहनेछ ।
सिंह – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । विपरीतलिंगी मित्रको साथ–सहयेग रहनेछ ।
कन्या – आयआर्जनको दृष्टिले राम्रो समय छ । उद्योग–व्यापारमा विशेष फाइदा होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा ज्यादा समय ब्यतीत भएर जाला । मनोरञ्जनात्मक यात्राको योग छ ।
तुला – आजको दिन दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आज स्वास्थ्य पनि खासै सबल नरहने देखिन्छ ।
वृश्चिक – शुभदायी समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।
धनु – आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हात पर्ला । परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । यात्रागत कार्य सार्थक रहनेछ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ ।
मकर – सोचेअनुसारको दिन नरहन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । बाध्यताले अप्ठ्यारोमा पार्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ ।
कुम्भ – दिन खासै उत्साहवद्र्धक नरहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनले धोका दिनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा पनि खासै मन नजाने देखिन्छ । आजको श्रमको उचित परिणाम हासिल नहुन सक्छ ।
मीन – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यसका बाबजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् भने काम बिग्रने डरले सताउन सक्छ । आत्मविश्वासी भाव जागृत गरी कर्ममा लाग्नु हितकर हुनेछ ।
प्रतिक्रिया