बालेन्द्रको चाहनाविपरीत नारायण कँडेललाई महान्यायाधिवक्ता बनाइनुमा रास्वपा सभापतिकै मुख्य हात थियो । अहिले प्रधानन्यायाधीश सिफारिसमा पनि सभापति नै निर्णायक भएर आएका थिए । तर उनको रोजाईमा परेका दुबै ब्यक्तिहरू विवादास्पद बनेका छन् र गालीचाहिँ बालेन्द्र साहले खाइरहेका छन् ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिलाई लिएर उत्पन्न भएको तरङ्ग अझै साम्य भएको छैन । वरियताक्रममा अगाडि रहनुभएकी सपना मल्ल प्रधानलाई प्रधानन्यायाधीश नबनाएर वरियताको चौथो नम्बरमा रहेका मनोज शर्मालाई बनाइएपछि त्यसको चौतर्फी विरोध भएको छ । सरकारी पक्षले भने सर्वोच्च अदालतमा पुराना दल र पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको सिण्डिकेट तोड्न यस्तो निर्णय लिनुपरेको दाबी गरेको छ ।
त्यतिमात्र होइन, कनिष्ठ ब्यक्तिलाई नियुक्त गरिदिएपछि वरिष्ठहरूले राजीनामा दिने र त्यसरी रिक्त भएको स्थानमा आफ्ना मानिसलाई नियुक्त गर्ने सपना सत्तापक्षले देखेको थियो । तर, सपना मल्लसहित कसैले पनि राजीनामा नदिने, परिआए महाभियोगको डटेर सामना गर्ने मानसिकता न्यायाधीशहरूले बनाएका छन् ।
सरकारीपक्षको तर्कमा सहमति जनाउनेहरूको सङ्ख्या ठूलो भएपनि सुशासनको पक्षमा रहेको भनिने सरकारले विधिसम्मत ब्यवहार नगरेको भन्दै यो निर्णयको ब्यापक विरोध भएको बुझिन्छ ।
मनोज शर्माको नियुक्ति प्रस्तावलाई जायज या नाजायज जे ठानिएपनि यसको भित्री रहस्य बेग्लै रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । ज्ञातब्य छ, मनोज शर्मा पूर्व प्रधानन्यायाधीश दामोदर शर्माका भतिजा हुन् र दामोदरले नै चोलेन्द्र शमशेरलाई सर्वोच्च अदालतको न्यायाधीशमा प्रवेश गराएका थिए । तिनै चोलेन्द्रले दामोदरले लगाएको गुन तिर्न भतिजा मनोजलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइदिएका थिए । जबकि उच्च अदालत (पुनरावेदन अदालत)को अस्थायी न्यायाधीश रहँदा मनोजलाई इमानदारीपूर्वक कार्य सम्पादन गर्न नसकेको भन्दै तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पदमूक्त गरिदिएका थिए । कल्याणले जागिर खोसेका मनोजलाई चोलेन्द्रले सर्वोच्च अदालतमा पुर्याइदिएपछि मनोज सधैं राणाप्रति कृतज्ञ रहने गरेको बुझिन्छ ।
मनोज शर्मालाई रास्वपाको सभापति सङ्ग परिचय गराउने काम पनि चोलेन्द्रबाट भएको थियो । शर्माले आफू पनि लामिछाने भएको भन्दै रास्वपा सभापति सङ्ग निकट बनेका थिए । रास्वपा सभापतिलाई चलिरहेको मुद्दाबाट मनोजले उन्मूक्ति दिने वचन चोलेन्द्रले शमशेरले दिएका कारण मनोज शर्माको नियुक्ति भएको बुझिएको छ । प्रधानमन्त्री बालेन्द्र साह कसलाई बनाउने भन्ने कुरामा भन्दा सपना मल्ललाई प्रधानन्यायाधीश बन्न नदिन दृढ थिए । सिफारिसमा परेका ६ मध्ये उनी तिलप्रसाद श्रेष्ठलाई बनाउन चाहन्थे । तर न्यायपालिकाका हरेक नियुक्तिहरूमा सहकारी ठगी र सङ्गठित अपराधको गम्भीर मुद्दा लागेका रास्वपा सभापतिले मनोजलाई नै नियुक्त गरिनुपर्ने चर्को अडान राखेपछि बालेन्द्रले छोडिदिएका थिए । सभापतिले गरेको अपराधबाट उन्मूक्ति दिन मनोज शर्मा बाहेक अरूले नसक्ने भन्दै चोलेन्द्र शमशेर राणाले मनोजलाई नै नियुक्ति गर्न सुझाव दिएको बताइएको छ ।
अपुष्ट समाचारअनुसार रास्वपा सभापतिले आफूलाई लागेको अपराधको मुद्दाबाट उन्मूक्ति दिलाएमा राणालाई राष्ट्रपति बनाइदिने विश्वास दिलाएको र रामचन्द्र पौडेललाई हटाएर आफूलाई राष्ट्रपति बनाइने विश्वासमा राणा रहेका छन् । यद्यपि रास्वपा सभापतिले चाहेकै भरमा कोही राष्ट्रपति बन्ने स्थिति भने छैन । परसेवामा लामो समयदेखि समर्पित रहँदै आएका सन्दुक रुइत, गोविन्द केसी, बाबुराम भट्टराई लगायतका ब्यक्ति पनि राष्ट्रपति बन्न लालायित रहँदै आएका छन् । कल्याण श्रेष्ठ र सुशीला कार्कीको नामसमेत सम्भावित राष्ट्रपतिका रूपमा लिने गरिएको भएपनि उनीहरूको सम्भावना न्यून भैसकेको बुझिएको छ ।
रास्वपा सभापति जतिसक्दो छिटो आफूलाई लागेको मुद्दाबाट उन्मूक्ति पाउन लागिपरेका छन् । मुद्दबाट सफाई पाउने बित्तिकै रास्वपा संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएर बालेन्द्रलाई हटाउने र आफै प्रधानमन्त्री बन्ने योजनामा उनी रहेको बुझिन्छ । त्यसैले प्रधानमन्त्रीको कानूनी सल्लाहकारका रूपमा काम गर्नुपर्ने महान्यायाधिवक्ताको नियुक्तिमा पनि रास्वपा सभापतिले कडा हस्तक्षेप गरेका थिए । बालेन्द्रको चाहनाविपरीत नारायण कँडेललाई महान्यायाधिवक्ता बनाइनुमा रास्वपा सभापतिकै मुख्य हात थियो । अहिले प्रधानन्यायाधीश सिफारिसमा पनि सभापति नै निर्णायक भएर आएका थिए । तर उनको रोजाईमा परेका दुबै ब्यक्तिहरू विवादास्पद बनेका छन् र गालीचाहिँ बालेन्द्र साहले खाइरहेका छन् ।
प्रतिक्रिया