राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उहाँलाई आज (३० वैशाख) सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया