आजको पञ्चाङ्ग एवम् राशिफल (३१ वैशाख २०८३ बिहीबार, १४ मे २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ वैशाख २०८३ बिहीबार, १४ मे २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख ३१ गते तद्अनुसार सन् २०२६ मे १४ तारिख बिहीबार ज्येष्ठ कृष्णपक्षको द्वादशी तिथि ८ः०१ पर त्रयोदशी तिथि रेवती नक्षत्र प्रीति योग गर करण आनन्दादिमा मित्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ बजे भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – दिन चुनौतीपूर्ण रहने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने एवम् आफ्नो लागि परिस्थिति अलि प्रतिकूल रहला । काम बिग्रने डरले सताउनेछ । थिचोमिचो गर्नेहरू हाबी हुन सक्छन् । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा आजको दिन निकै नै सजगता अपनाउनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ ।

वृष – चिताएको काममा सहजताका साथ सफलता मिल्ने एवम् आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने देखिन्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् भने पुराना साथीसँगको भेटघाटले मन रमाउनेछ । परिवारबाट सुखको अनुभूति होला । विपरीतलिंगी मित्रको साथ रहनेछ । रसरागको भाव जागृत होला । शत्रुमाथि विजय प्राप्तिको योग छ ।

मिथुन – आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु गर्दा सफलता प्राप्त हुने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ–समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ । शुभ समाचारले उत्साह जगाउला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

कर्कट – आर्थिक उपार्जनको दृष्टिले आजको दिन शुभदायी छ । सामाजिक सम्मान मिल्ने समय छ । रमणीय र सुखद यात्रा हुने देखिन्छ । साथीभाइको सहयोगका साथै मिठो भोजन प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । यात्रागत कार्य थाती राख्नु उचित होला ।

सिंह – उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानपक्षका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । मित्रहरूका बीच प्रभाव बढ्ने योग छ ।

कन्या – शुभता र साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । अथक मिहेनतबाट रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यको लागि खानपानमा भने विशेष ध्यान दिनु हितकर होला ।

तुला – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ, तथापि मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक जमात आकर्षित हुने काम सम्पादन गर्न सकिएला । खर्चको मात्रा बढ्ने देखिन्छ, नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ भने सन्तानसुख मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

वृश्चिक – मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला । प्रियजनसँगको भेटघाटले मनमा प्रफुल्लता जगाउने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

धनु – आज तपाईंले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । पराक्रम वृद्धि होला । आर्थिक कारोबार राम्रै हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउला । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने समय छ । परोपकारमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – नसोचेको ठाउँबाट आकस्मिक लाभ हुने समय छ । तर, परिवारमा सामान्य विवाद हुन सक्छ, ब्यवहारमा लचकता अपनाउनुहोला । कतै अतिथिका रूपमा सम्मान पाइने योग छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । मान–महत्व वृद्धि हुनेछ ।

कुम्भ – आजको दिन खासै उत्साहवद्र्धक नरहने देखिन्छ । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास हुनसक्छ । कसैसँग हल्का मनमुटाव हुने योग रहेकोले सजग रही व्यवहार गर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । चोटपटकको भय पनि छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।

मीन – नियमित कार्यप्रति जाँगर बढ्ने र मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । मित्रबन्धूहरूसँगको जमघटले आनन्द दिलाउनेछ । फजुल खर्च वृद्धिको योग छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तथापि, सामथ्र्य बढ्नेछ । रसरागमा विशेष आकर्षण रहला ।