चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । बिहीबार (१४ मे) भएको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीद्वारा अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गरिएको उनको भनाइ छ ।
बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, ‘चीनले यो (अमेरिका इरानबीचको) युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन । उहाँ स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उहाँले भन्नुभएको छ- यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु ।’
राष्ट्रपति ट्रम्प चीनको तीनदिने भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेका थिए भने शुक्रबार चीनबाट स्वदेश फिर्ता हुनेछन् ।
photo: AFP
प्रतिक्रिया