✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ ज्येष्ठ १ गते तद्अनुसार सन् २०२६ मे १५ तारिख शुक्रबार ज्येष्ठ कृष्णपक्षको त्रयोदशी तिथि ६ः१९ पर चतुर्दशी तिथि अश्विनी नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा बज्र योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४५ बजे हुनेछ । ज्येष्ठ संक्रान्ति ।
आजको राशिफल
मेष – सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलाबडाको आशीर्वाद र सहयोगले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । प्रेमभाव र आरोग्यबल बढ्नेछ । मित्रवर्गमा यशवर्चश्व रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृष – परिवारजनमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । नयाँ काम तथा जिम्मेवारी हातपर्ने देखिन्छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।
मिथुन – आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ ।
कर्कट – ब्यस्तता बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुने देखिन्छ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामथ्र्य वृद्धि होला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
सिंह – नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि होला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कन्या – मिश्रित फलदायी समय छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहला । व्यापारबाट विशेष फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि आजको दिन लाभ नै मिल्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्य बन्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । मनोरञ्जनमा आकर्षण रहला ।
वृश्चिक – केही मात्रामा जोखिम बढेपनि परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धि होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकोले मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमन हुन सक्ने योग छ । शरीर फूर्तिलो भएको महसुस होला । विशेष योजना कार्यान्वयनमा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्ति र रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
धनु – आजको दिन बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ भने पारिवारिक समस्या समाधान हुनेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु आवश्यक छ । परिवारिक सुखले उत्साह वृद्धि गराउनेछ ।
मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । जीवनसाथी, सन्तति एवम् विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगका कारण कार्यगति बढ्नेछ ।
कुम्भ – आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । तथापि, स्वास्थ्य सबल रहनाले पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।
मीन – सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । लाभदायी यात्रा गर्नु छ भने समय शुभ छ । अधिकारप्राप्तिका लागि गरिने प्रतिस्पर्धामा विजयी भइने योग छ । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण रहला ।
प्रतिक्रिया