आजको पञ्चाङ्ग एवम् राशिफल (२ जेठ २०८३ शनिबार, १६ मे २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ जेठ २०८३ शनिबार, १६ मे २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ ज्येष्ठ २ गते तद्अनुसार सन् २०२६ मे १६ तारिख शनिबार ज्येष्ठ कृष्णपक्षको अमावस्या तिथि भरणी नक्षत्र सौभाग्य योग चतुष्पाद करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४५ मा हुनेछ । वटसावित्रिव्रत, शनिजयन्ति ।

आजको राशिफल

मेष – विगतका कमजोरीलाई सुधार गर्दै लाभदायी कर्मका साथ अघि बढ्ने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यवल वृद्धिका साथै दामपत्यसुख बढ्नेछ ।

वृष – निर्णायक क्षमतामा कमी आउने र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सहयोगीले नै तपाईंको कमजोरीप्रति टीकाटिप्पणी गर्न सक्छन् । नसोचेको ठाउँमा धनको नाश हुने सम्भावना छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । नियमित कार्यमा पनि चुनौतीको सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – सानातिना कार्य तथा घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यले पनि पूरै साथ नदिन सक्छ । श्रमको उचित परिणाम प्राप्तिको लागि निकै जोड लगाउनुपर्ला । सामाजिक कामको दायित्व बढ्नेछ भने अरूका जिम्मेवारी समेत बहन गर्नुपर्ने योग छ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । विवेक र साहस वृद्धिका कारण शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आजको दिन चल-अचल सम्पत्तिको विशेष कारोबार हुनसक्छ । नियमित कार्यमा सहजता आउनेछ भने समय उत्साहवर्द्धक र मनोरञ्जनपूर्ण रहला । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । पितृधन समेत लाभ हुने योग छ । कामको सिलसिलामा फलदायी यात्राको सम्भावना छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्ला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ ।

सिंह – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिएपनि धैर्यले काम लिनुपर्ने समय छ । चुनौतीका बाबजुद नसोचेको सफलता हातलग्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् भने परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । योजना र बजेट बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर हुनेछ । यात्रागत कार्य सार्थक रहला ।

कन्या – व्यवसायिक कार्यमा लगानी वृद्धि हुने समय छ । केही मात्रामा खर्च बढ्ने देखिन्छ । प्रयास गर्दा रोकिएका काम बन्नेछन् । समस्यामा मातापिताको विशेष सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्ने देखिन्छ । अरूको मात्र भरपर्दा धोकामा परिने सम्भावना रहेकोले सजग रही कार्य-ब्यवहार गर्नुहोला । ब्यस्तता बढ्नेछ । यात्रागत कार्यमा आंशिक लाभ मिल्नेछ ।

तुला – व्यावसायिक काममा खर्च बढ्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले खिन्नता उत्पन्न गराउने सम्भावना छ । आलस्यका कारण कामहरु अधूरै रहन सक्छन् । मान–सम्मानमा पनि आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा केही समस्या थपिने देखिन्छ । व्यापार व्यवसायमा पनि त्यत्ति फाइदा नहोला । सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने योग छ ।

वृश्चिक – सामाजिक एवम् पारिवारिक उत्तरदायित्व वहन गर्ने समय छ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । रोकिएका कामहरू सम्पादन हुनेछन् । मानप्रतिष्ठा वृद्धि हुनुका साथै घरपरिवारमा राम्रै सम्बन्ध बन्नेछ भने पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । मित्रजनको सहयोग प्राप्त हुनाले कार्यगति एवम् उत्साह बढ्नेछ ।

धनु – विभिन्न अवसर पाइने समय भएपनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना छ । तथापि, मित्रजनले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । केही मात्रामा खर्च वृद्धि होला । सुख सुविधाको वस्तु बढ्नेछन् ।

मकर – बाध्यतापूर्ण काममै समय बित्नसक्ने दिन छ । स्वास्थ्य कमजोर रहेको अनुभूतिका बाबजुद जिम्मेवारी बढिरहनेछन् भने सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । दाम्पत्य सम्बन्धमा पनि असमझदारी बढ्ने योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ । अनावश्यक रूपले समय र धन खर्च हुनसक्ने सम्भावना रहेकोले विशेष सजगताको दरकार छ । सन्तानपक्षबाट सुख मिल्नेछ ।

कुम्भ – पराक्रम बढ्ने एवम् भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिने योग छ । प्रेममा सुखद मिलन अनुभव हुनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्ने देखिन्छ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जानेछ ।

मीन – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग होला । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहेको अनुभूतिका बाबजुद दैनन्दिन परिश्रमबाट मुक्ति मिल्न नसक्ने योग छ । तथापि, कठोर परिश्रमले काममा सफलता दिलाउनेछ ।