✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ ज्येष्ठ ३ गते तद्अनुसार सन् २०२६ मे १७ तारिख आइतबार अधिक ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि कृतिका नक्षत्र शोभन योग किंस्तुघ्न करण आनन्दादिमा धुम्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ । दशहरा स्नानारम्भ, गोसाइँकुण्ड स्नानारम्भ, अधिकमास अपूपदानारम्भ, मत्स्यनारायण मेला सुरु ।
आजको राशिफल
मेष – ब्यस्तता र चुनौतीका बाबजुद दायित्व पूरा गर्न सकिने समय छ । कार्य-सफलताले थप काम गर्ने हौसला मिल्ला । मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्नेछ । प्रेमको प्रसङ्ग सुखद रहला । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ । साथ-समर्थन गर्ने प्रशस्त भेटिएलान् । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नाले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – पराक्रम र बौद्धिकता बढेपनि आजको दिन कुनैपनि कार्यमा सावधानीपूर्ण कदम चाल्नुपर्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने योग रहेकोले अरुको कममात्र भर पर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । केही विवादमा समेत परिने सम्भावना छ, सावधान रहनु होला । खर्च बढ्न सक्छ, फजुल खर्चबाट जोगिने प्रयत्न गर्नु हितकर होला ।
मिथुन – भाग्योदयको समय रहेको छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । ब्यापारमा भने ठिकैमात्र हुने देखिन्छ । सावधानीपूर्वक प्रयास गर्दा अधुरो रहेको महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतिबाट लाभप्रप्तिका साथै धर्मिक कार्यमा संलग्न हुने योग छ । पारिवारिक समस्याको समाधानका साथै दाम्पत्यसुख बढ्नेछ ।
कर्कट – मिश्रित फलदायी दिन हुनाले परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने सम्भावना छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्ने देखिन्छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । खेलकुद एवम् रसरागमा आकर्षण रहला । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ भने कसैसँग विवादको सम्भावना छ ।
सिंह – दौडधुप बढ्ने र कठोर मिहिनेतले काम बन्ने समय छ । केही मात्रामा जोखिम रहेपनि व्यापार तथा उद्योगमा फाइदा नै हुने देखिन्छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । नसोचेको ठाउँबाट केहि लाभ होला । प्रतिस्पर्धीहरू पछि पर्नेछन्, प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । आमोदप्रमोदका अवसर जुर्ने देखिन्छ ।
कन्या – आजको दिन व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् तर स्वास्थ्यमा सुधार आउनाले काममा जाँगर चल्नेछ । पढाइलेखाइमा मन लाग्नेछ । कुनै फलदायी यात्राको योग छ । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्नेछन् ।
तुला – सोचेअनुसार काम बन्न कठिन छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । खर्च केही बढेपनि भौतिक बस्तुको प्राप्ति र मीठा परिकारको आनन्द मिल्नेछ । कर्मबल बढेपनि परिणाम भने सन्तोषजनक नरहने योग छ । तथापि, बुद्धि–विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । विपरीलिंगीको साथ–सहयोग रहला ।
वृश्चिक – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने नवीन रोजगारीको सम्भावना पनि छ । यात्रागत कार्य भने विशेष सजगता अपनाएर गर्नु उचित होला । आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्र सफलतादायी रहला । खर्च नियन्त्रणको लागि चनाखो रहनुपर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ ।
धनु – अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । नोकरीमा व्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । अध्ययन–अध्यापनमा भने खासै मन र समय दिन नसकिएला । तथापि, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । धर्मकर्ममा आकर्षण रहनेछ, आफन्तको साथ मिल्नेछ । सुख–सुविधाको बस्तु र सुख–विलास पनि बढ्नेछ ।
मकर – दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउने सम्भावना छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । साहसिक काममा आकर्षण रहला । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।
कुम्भ – बाध्यताका काममा जुट्नुपर्ने समय छ । नियमित कार्यमा ढिलासुस्ती हुनसक्छ, नयाँ कामको थालनी पनि आज नगर्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । अनावश्यक विषयमा धेरै बोल्ने बानीले दुःख मिल्नसक्छ । तथापि, नियमकानूनले साथ दिनाले आफ्नो दायित्व पूरा गर्नुहुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मीन – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु उचित होला । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । सुखद यात्राको योग रहेको छ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । नियमित कामबाट फाइदा हुने समय आएको छ । मिठो भोजन प्राप्त हुनेछ भने गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया