विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमाले सचिवालय बैठकको निर्णय

विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमाले सचिवालय बैठकको निर्णय


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु (भक्तपुर)मा सोमबार (४ जेठ) सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ ।

सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । यसैगरी, बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको बताइएको छ ।

पार्टी अध्यक्ष ओलीद्वारा सम्बोधित सचिवालय बैठकमा पदाधिकारीहरुको वरियता क्रम, संविधान संशोधनका विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका प्रस्ताव पेस गरिएको थियो ।

बैठकमा विभिन्न ११ वटा प्रस्ताव पेसको जानकारी दिँदै नेता भट्टले अर्को बैठक यही जेठ ८ गते शुक्रबार बस्ने जानकारी दिए ।