‘नेपालसँग सहकार्य र सहयोगका लागि विश्व स्वास्थ्य सङ्गठन सधैं प्रतिबद्ध’

‘नेपालसँग सहकार्य र सहयोगका लागि विश्व स्वास्थ्य सङ्गठन सधैं प्रतिबद्ध’


स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा भएको भेटमा महानिर्देशक डा. टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैं नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको जनाए ।

तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा पुगेकी मन्त्री मेहताले सो सभामा यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।