अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार (९ जेठ) पहिलो पटक भारत भ्रमणमा पुगेका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्तापछि उनी भारत पुगेका हुन् ।
रुबियोले भारतको कोलकाताबाट आफ्नो चारदिने भारत भ्रमण सुरु गगरेका छन्, जहाँ उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने जनाइएको छ ।
यो कार्यक्रमपछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ ।
रुबियोले क्वाडका लागि भेला भएका अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।
यसैबीच चीनले भने लामो समयदेखि क्वाडमाथि शङ्का गर्दै आएको छ ।
भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरूसँगको साक्षात्कारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण भएको उल्लेख गरे ।
रूबियोसँग उनकी श्रीमती जेनेट पनि भारत भ्रमणमा छिन् भने उनीहरुले भारतको आगरामास्थित प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
प्रतिक्रिया