इरानले अमेरिकासँग सम्झौताका लागि १४ बुँदे ढाँचालाई अन्तिम रूप दिइरहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार (९ जेठ) सरकारी टेलिभिजनसँग कुरा गर्दै भनेका छन्, ‘हाम्रो उद्देश्य सबैभन्दा पहिले १४ वटा बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका (मस्यौदा) तयार पार्नुहुनेछ ।’
इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रूत सफलताको कम अपेक्षा गरेको बताएका छन् । तेहरान र वासिङ्टनबीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ताको भनाइ छ ।
विदेशमन्त्री बकाइले नेका छन्, ‘वाशिङ्गटनसँग ‘मेलमिलापको लागि’ सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर ‘यसको मतलब तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्त्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने भने होइन ।’
इरानको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो ।
शान्तिवार्तालाई मध्यस्थता गर्न इरानका विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच पश्चिम एसियामा तनाव कम गर्ने जारी प्रयासस्वरूप भएको शुक्रबार भएको बैठकपछि इरानको धारणा सार्वजनिक भएको हो ।
यसअघि, दुई नेताबीच शुक्रबार राति अबेरसम्म भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको थियो ।
बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ। भेटमा दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका बताइएको छ । पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन ।
यसैबीच, मध्यपूर्व कूटनीतिमा सम्भावित सफलतालाई प्रकाश पार्दै हाल भारतको चारदिने आधिकारिक भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रिय राजधानीस्थित अमेरिकी दूतावासमा आयोजित एक कार्यक्रममा इरानसँग शान्ति सम्झौताको दिशामा सक्रियरूपमा प्रगति भइरहेको खुलासा गरेका छन् ।
शीर्ष अमेरिकी कूटनीतिज्ञले भनेका छन्, ‘अहिले सक्रिय प्रयासहरू जारी छन् । त्यहाँ केही प्रगति भएको छ। अहिले तपाईंसँग मैले कुरा गरिरहँदासम्म त्यहाँ केही प्रगति भइरहेको जानकारी प्राप्त भएको छ । राष्ट्रपति ट्रम्पले कुनै न कुनै तरिकाले यो मुद्दा ९मध्यपूर्व तनाव० लाई समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ ।’
उनले अगाडि भनेका छन्, ‘यसको मतलब, इरानलाई आणविक हतियार उत्पादन गर्न दिने कल्पना गर्न नसकिने र इरानी जलमार्ग भएर हुने आवागमन र ढुवानीमा कुनै किसिमको शुल्क लिने प्रावधान बिना नै जलमार्गलाई सुचारू गरिनुपर्ने कुरामा हाम्रो अडान कायम रहने छ।’
प्रतिक्रिया