प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह छिट्टै सदनमा उपस्थित हुने तयारीमा रहेको जानकारी गराएका छन् ।
सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री साहको उपस्थिति र जवाफको लगातार माग गरेपछि सभामुख आर्यालले आफूले गरेको अनौपचारिक संवादका क्रममा प्रधानमन्त्री साह सदनमा आउने तयारीमा रहेकाले अवरोध नगर्न आग्रह गरे । उनले सरकारका तर्फबाट औपचारिक पत्र प्राप्त भएपछि प्रधानमन्त्री साह आउने मिति तय गर्ने जनाए ।
कानुन निर्माणका प्रक्रियामा धेरै काम बाँकी रहेको तर्क गर्दै सभामुख अर्यालले सदनमा अवरोध नगर्न विपक्षी दलका सांसदलाई आग्रह गरे ।
यसअघि बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले पनि एक साताभित्र प्रधानमन्त्री साह सदनमा आउने बताएका थिए ।
प्रतिक्रिया