आजको पञ्चाङ्ग एवम् राशिफल (१४ जेठ २०८३ बिहीबार, २८ मे २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ जेठ २०८३ बिहीबार, २८ मे २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ १४ गते तद्अनुसार सन् २०२६ मे २८ तारिख बिहीबार अधिक ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि ८ः५५ पर त्रयोदशी तिथि चित्रा नक्षत्र ९ः२६ पर स्वाति नक्षत्र वरियान योग कौलव करण आनन्दादिमा चर योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५२ बजे हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – आजको दिन नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउला, सजगता अपनाउनु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको साथ–सहयोग रहला । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

वृष – मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला । प्रियजनसँगको भेटघाटले मनमा प्रफुल्लता जगाउने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

मिथुन – आज तपाईंले सोचेका काम पूरा भइ सुखको अनुभव हुने देखिन्छ । पराक्रम वृद्धि होला । आर्थिक कारोबार राम्रै हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउला । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने समय छ । परोपकारमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कर्कट – नसोचेको ठाउँबाट आकस्मिक लाभ हुने समय छ । तर, परिवारमा सामान्य विवाद हुन सक्छ, ब्यवहारमा लचकता अपनाउनुहोला । कतै अतिथिका रूपमा सम्मान पाइने योग छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । सबल स्वास्थ्यको लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । मान–महत्व वृद्धि हुनेछ ।

सिंह – आजको दिन खासै उत्साहवद्र्धक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास हुनसक्छ । कसैसँग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । चोटपटकको भय पनि छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।

कन्या – पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । धन–मान प्रप्तिको योग छ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । समाजसेवा एवम् राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा रुचि जागृत हुनेछ ।

तुला – शुभदायी समय छ । ब्यापार–ब्यवसायमा राम्रै हुनुका साथै आम्दानीका बाटाहरु खुल्ने देखिन्छ । नचिताएको ठाउँबाट आम्दानी हुने योग छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आरोग्यबल वृद्धि होला । यशवर्चश्व कायम रहनेछ । नियमित कार्यमा जाँगर बढ्नेछ ।

वृश्चिक – चिताएको काममा सहजताका साथ सफलता मिल्ने एवम् आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने देखिन्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् भने पुराना साथीसँगको भेटघाटले मन रमाउनेछ । परिवारबाट सुखको अनुभूति होला । विपरीतलिंगी मित्रको साथ रहनेछ । रसरागको भाव जागृत होला । शत्रुमाथि विजय प्राप्तिको योग छ ।

धनु – आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु गर्दा सफलता प्राप्त हुने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ-समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ । शुभ समाचारले उत्साह जगाउला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मकर – आर्थिक उपार्जनको दृष्टिले आजको दिन शुभदायी छ । सामाजिक सम्मान मिल्ने समय छ । रमणीय र सुखद यात्रा हुने देखिन्छ । साथीभाइको सहयोगका साथै मिठो भोजन प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । यात्रागत कार्य थाती राख्नु उचित होला ।

कुम्भ – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने योग छ । प्रतिष्पर्धी हाबी हुनसक्ने सम्भावनाप्रति सजग रही व्यवहार गर्नु उचित हुनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

मीन – कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । शुभता र साहस वृद्धिको समय छ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । अथक मिहेनतबाट रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला । सबल स्वास्थ्यको लागि खानपानमा भने विशेष ध्यान दिनु हितकर होला ।