जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपालले भारतको भूमि मिचेको भनि संसदमा दिएको अभिव्यक्तिप्रति आपत्तिजनक भएको भन्दै प्रधानमन्त्री बालेन्द्र साहलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
बस्नेतले भनेका छन्, ‘सार्वभौम संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती छ । यसबारे प्रधानमन्त्री र उनको दल रास्वपाले नेपाली जनतालाई प्रष्ट पार्नुपर्छ ।’
भारतीय अतिक्रमणलाई बढवा दिने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र भौगोलिक अखण्डताको बर्खिलाप रहेको उनको भनाइ छ । बस्नेतले यसअघि सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कार्यको समेत विरोध गरेका थिए ।
photo: rss
प्रतिक्रिया