✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ ने.सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ १८ गते तद्अनुसार सन् २०२६ जुन १ तारिख सोमबार अधिक ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि ज्येष्ठा नक्षत्र सिद्धि योग २ः४३ पर साध्य योग तैतिल करण आनन्दादिमा पद्म योग चन्द्रमा वृश्चिक राशिमा १८ः२८ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ बजे हुनेछ ।
आजको राशिफल
मेष – लामो समयदेखि रोकिएका काम बन्दैजाने समय छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । धनलाभ हुने देखिन्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग छ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा मिल्नेछ । सवारी साधनको विशेष आनन्द लिन पाइएला । दाम्पत्यसुख बढ्नेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित काम सफल हुनेछ ।
वृष – रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने समय छ । मान–सम्मान, प्रतिष्ठा र साहस बढ्नेछ । मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । साथीभाइले हरक्षण साथ दिनेछन् भने मातापिताको विशेष आशीर्वाद मिल्नेछ । खेलकूद, भ्रमण र मिष्ठान्न भोजनमा आकर्षण रहला ।
मिथुन – अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज शुभदायी होला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ, ध्यान राख्नुहोला । रोकिएको काममा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहला । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा विशेष सक्रियता बढ्ने देखिन्छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने जस्तोसुकै समस्याको समाधान निकाल्न सकिनेछ । तथापि, सानातिना काम समस्यामै अल्झनुपर्ने देखिन्छ । मेहनतअनुसारको फल नपाइने योग रहेकोले धैर्यको दरकार छ । आफन्त एवम् मित्रजनको सहयोगले उत्साह बढ्नेछ । आफन्त र साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह – नियमित कर्ममा खासै मन नजाने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित होला । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ, सजग रहनुहोला । स्वास्थ्य अनुकुल नरहनाले अनावश्यक समस्या बढ्न सक्छ । पढाइलेखाइमा पनि समय दिन नसकिएला । हतियार र सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कन्या – आजको दिन सामाजिक काममा रुचिका साथै पराक्रम वृद्धि हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त होला । रमाइलो जमघटको अवसर प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । ऋण, रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ ।
तुला – मिश्रित फलदायी दिन छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, तर लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । नसोचेका समस्या देखिन सक्छन्, मित्रजनको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।
वृश्चिक – दानपुण्य र भेटघाटमा खर्च हुनाले मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने दिन छ । विद्या, बौद्धिक क्षेत्रमा पनि सफलता हातपर्ला । आकस्मिक तवरले धनलाभको योग छ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । खर्च वृद्धि भएपनि फजुलमा जानेछैन । मिठो भोजन प्राप्त हुनेछ । यश–वर्चश्व बढ्नेछ ।
धनु – साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजको दिन खर्च भने बढ्न सक्छ । आर्थिक लेनदेन नगर्नु उचित हुनेछ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मकर – नयाँ काममा हात हाल्ने समय आएको छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । सुखद समाचार सुन्न पाइएला । समाजसेवाका कार्यबाट प्रशंसाा मिल्नेछ । अन्य विविध लाभ हुनुका साथै विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कुम्भ – दैनिक कार्यमा ढिलासुस्ती भएपनि सोचेका काम सजिलैसँग पूरा गर्न सकिने समय छ । आजको दिन जग्गाजमिनको कारोबार गर्दा असल हुने देखिन्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पढाइलेखाइमा राम्रो हुनेछ । लाभदायी यात्रासमेत हुन सक्छ । शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मीन – ब्यस्तता वृद्धिका साथ धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । सन्तानपक्षबाट सुख–सन्तोष प्राप्त हुने समय छ । सम्पन्न गरिसकेको कामपनि प्रक्रिया नमिल्नाले पुनः गर्नुपर्ने स्थिति आउन सक्छ, सचेत रहनुहोला । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुने सम्भावना छ । अनावश्यक साइनो गाँस्नेहरूसँग आजको दिन विशेष सावधान रहनु उचित होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
प्रतिक्रिया