नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिलकुमार झालाई मनोनित गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले आज राष्ट्रिय सद्भावना पार्टी (रासपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका रौतहट निवासी झालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
सभापति थापाले झालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भएबमोजिम केन्द्रीय सदस्य पदमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
प्रतिक्रिया