म्यान्मामा भयानक विस्फोटका कारण दर्जनौँ व्यक्तिको मृत्यु

म्यान्मामा भयानक विस्फोटका कारण दर्जनौँ व्यक्तिको मृत्यु


उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी ५५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् ।

दुर्घटनाग्रस्त भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ ।

नाम्खाम शहरको काउङटुप गाउँमा आइतबार भएको विस्फोटमा लगभग ७५ जना घाइते भएका छन् । यो क्षेत्र चीनको सीमाबाट करिब तीन किलोमिटर दक्षिणमा अवस्थित छ । यो म्यान्मा सरकारविरुद्ध लड्दै आएको सशस्त्र जातीय समूह ताङ नेशनल लिबरेसन आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो ।