नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा करूणा कटुवाल नियुक्त गरिएकी छन् । पार्टी सभापति गगनकुमार थापाले पार्टीको विधानअनुसार उनलाई सोमबार (१८ जेठ) नेवि संघको अध्यक्ष नियुक्त गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम कांग्रेसको विधानअनुसार म्याद समाप्त भइ स्वतः विघटन भएको नेविसङ्घको अध्यक्षमा कटुवाललाई नियुक्त गरिएको हो ।
अध्यक्ष कटुवाललाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी पनि तोकिएको छ ।
प्रतिक्रिया