✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ १९ गते तद्अनुसार सन् २०२६ जुन २ तारिख मंगलबार अधिक ज्येष्ठ कृष्ण पक्षको द्वितीया तिथि मूल नक्षत्र साध्य योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ ।
आजको राशिफल
मेष – कर्मबल बढ्ने तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । दौडधुप र जोखिम केही बढेपनि प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । इष्र्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिष्पर्धीहरूलाई पछि पार्न सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – प्रतिभाले विशेष लाभ दिलाउने समय छ । नयाँ कामको प्रस्ताव आउने देखिन्छ, सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । अध्ययन-अध्यापन कार्यमा सकारात्मक प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख तथा आनन्द बढ्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ । रसरागको भाव जागृत हुनेछ भने विपरीतलिंगी मित्रको साथ मिल्ने योग छ ।
मिथुन – मित्र एवम् परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । पराक्रमवृद्धि भइ प्रतिष्पर्धी पछि पर्नेछन् । धन मान महत्व बढ्नेछ । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । वैदेशिक यात्रासम्बन्धी कामकाज अघि बढ्नसक्ने समय छ । आयआर्जन पनि राम्रै हुनेछ ।
कर्कट – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । नियमित खर्चमा केही वृद्धि भएपनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख मिल्नेछ । कर्मबल बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
सिंह – आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना रहेपनि दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । फाइदाका लागि आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दाम्पत्य सम्बन्धमा केही चिसेपन आउन सक्छ, आपसी ब्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । खर्च केही वृद्धि हुनसक्छ । आरोग्यबल बढ्नेछ ।
कन्या – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्ने देखिन्छ । साझेदारीमा पनि फाइदा होला । आयआर्जनका स्रोत बढ्ने योग छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने साथीभाइको सहयोगले पराक्रम बढ्ला । दाम्पत्य सम्बन्धमा न्यानोपन वृद्धिका साथै प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – क्षमताअनुसारको काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने योग छ । व्यवसायमूलक काममा राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । लगनशीलतालाई पछ्याउनसके कीर्तिमानी काम हुनसक्ने देखिन्छ ।
वृश्चिक – पहिलेका सकारात्मक कर्मको प्रतिफल पाइने समय छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ । आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । पराक्रम झल्कने क्रियाकलापमा मन आकर्षित रहला ।
धनु – बोली र ब्यक्तित्वको प्रभावले काम बन्ने समय छ । तर, अधिकारका लागि केही संघर्ष हुन सक्छ, । इष्र्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अवसर छोप्न सकिनेछ । खर्च केही बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नियमकानूनले तपाईंको साथ दिनेछ भने इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् । यात्रापरक काममा सफलता मिल्नेछ ।
मकर – केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिएला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउला । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् ।
कुम्भ – आजको दिन कर्मबल बढ्नेछ भने विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ । मित्रजनको साथमा रमणीय यात्रा एवम् मिठो भोजन प्राप्त हुने योग छ । विशेष योजनामा हात हाल्दै हुनुहुन्छ भने हतार नगर्नु उचित हुनेछ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती आइपर्ने सम्भावना छ ।
मीन – आजको दिन त्यसै-त्यसै काम बिग्रने डरले सताउनेछ भने पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने हुँदा सजगता अपनाइ व्यवहार गर्नु उचित हुनेछ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ, आपसी व्यवहारमा प्रेम र सद्भावना बढाउने प्रयत्न गर्नु हितकर होला । केही प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथले मन रमाउला ।
प्रतिक्रिया