जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु


मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित भित्री सडकमा गएराति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारीचालकको मृत्यु भएको छ ।

काठमाडौं दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माणडु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौं द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारीचालक बोधराज बुढाथोकीको निधन भएको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा–९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ–काठमाडौं द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुऱ्याएकामा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेका हुन् ।