हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु


झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका-४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज (३१ जेठ) बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।