पर्सामा सय किलो गाँजा पक्राउ

पर्सामा सय किलो गाँजा पक्राउ


जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरको संयुक्त टोलीले आज (३१ जेठ) एक सय किलो गाँजा पक्राउ गरेको छ ।

संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो ।

उक्त गाँजा कसको हो, कसले कुन प्रयोजनका लागि लुकाइछिपाइ राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए ।

Representative image