✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ १ गते तद्अनुसार सन् २०२६ जुन १५ तारिख सोमबार अधिक ज्येष्ठ कृष्णपक्षको अनावश्यक तिथि ९ः१२ पर शुद्ध ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि मृगशिरा नक्षत्र शूल योग किंस्तुघ्न करण आनन्दादिमा आनन्द योग चन्द्रमा वृष राशि ९ः५७ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । आषाढ संक्रान्ति, सोमबारे औँशी ।
आजको राशिफल
मेष – दीर्घकालीन लाभ हुने कार्यमा लगानीको अवसर प्राप्त हुने समय छ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिएला । प्रशंसकहरू बढ्नेछन् भने आश मारेको काम बन्नाले उत्साह जागृत हुनेछ । आँटले जटिल कामसमेत सम्पादन हुनसक्ने देखिन्छ । पढाइलेखाइमा केही जटिलता अनुभूति होला । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । आरोग्यबल बढ्नेछ ।
वृष – स्वास्थ्यको दृष्टिले केही प्रतिकुल अनुभूति भएपनि अन्य कोणबाट शुभदायी समय छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने योग छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ भने टाढाका साथीभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो रहला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मिथुन – आजको दिन कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था निम्तिन सक्छ, तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्यमा विशेष लगाव रहला । प्रेमभाव बढ्नुका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ । मानसम्मानमा चोट पुग्ने योग रहेकोले बोली-व्यवहारमा सजग रहनुहोला । सन्तान पक्षबाट लाभ र सुख मिल्ला । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्न सक्छ । शत्रुपक्ष भने परास्त हुनेछ ।
सिंह – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । आँटेका काम बन्नाले जोश-जाँगर बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, ठूलो लगानीबाट कममात्र फाइदा हुने देखिन्छ । घरखर्च केही बढ्न सक्छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । शिक्षामा राम्रो प्रगति हुनेछ । सुख विलास पनि बढ्नेछ ।
कन्या – आजको दिन सुखदुःखमा साथ दिनेहरू कमै भेटिएलान्, तर परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुने योग छ । विपरीतलिंगी साथीको साथ-सहयोग मिल्नेछ । पढाइलेखाइका लागि अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना पनि छ । विश्वासमा पारेर धोका दिनेहरू सक्रिय रहनाले विशेष सजगताको खाँचो छ ।
तुला – मिश्रित फलदायी समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । व्यवसायिक साझेदारीमा पनि अप्ठ्यारो अवस्था आइपर्न सक्छ । केही खर्च लागे पनि विशेष कामको प्रयत्न सफल हुने देखिन्छ । परिश्रमबाट स्थिर सम्पत्ति जोड्ने योग छ । सामाजिक प्रतिष्ठा बढ्नुका साथै मित्रजनबाट प्रशंसा मिल्नेछ । खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
वृश्चिक – बुद्धिको सही उपयोगबाट काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिएला । विशिष्ट जनसँग विशेष सम्बन्ध गाँसिन सक्छ । पुराना साथीभाइसँग पनि भेटघाटको अवसर जुट्नेछ । स्थायी सम्पत्ति आर्जनको प्रयासमा हुनुहुन्छ भने समय अनुकल बन्दैछ । शुभ समाचार प्राप्तिले आनन्द वृद्धि हुनेछ ।
धनु – भाग्य बलवान् रहनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइने योग छ । व्यवसायमूलक भ्रमणमा ज्यादा समय बित्न सक्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । पराक्रम वृद्धि हुनुका साथै ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्नेछ ।
मकर – शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्ने दिन छ, तथापि मित्रजनको साथ-सहयोगले विजयश्री मिल्नेछ । रोकिएको काम बन्नाले उत्साह जागृत होला । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । धार्मिक क्रियाकलापमा विशेष रुचि जाग्नेछ । रसरागमा आकर्षण रहनेछ ।
कुम्भ – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ भने नियमित कार्यमा पनि खासै मन लाग्नेछैन । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । स्वास्थ्य केही कमजोर रहने सम्भावना छ, खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउने सम्भावना छ । विवेकको सही प्रयोग हुनाले समस्या निराकरणमा बल पुग्नेछ ।
मीन – प्रियजनसँग भेटघाट र प्रशन्नता प्राप्तिको समय भएपनि आजको दिन विवाद, धनहानी, लाञ्छना जस्ता समस्याको पनि योग परेको हुनाले मिश्रित फल भोग्नुपर्ने देखिन्छ । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि गोपनीयतामा विशेष ध्यान दिनुहोला । कतै आतिथ्यपूर्ण सम्मान पाइनेछ । खर्च वृद्धि हुनसक्छ । आफन्तजनको साथ र यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
प्रतिक्रिया