आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ २४ बुधबार २०८३, जुलाई ८, २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ २४ बुधबार २०८३, जुलाई ८, २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८नेपाल सं.११४६रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८३ आषाढ २४ गते तद्अनुसार सन् २०२६ जुलाई ८ तारिख बुधवार आषाढ कृष्णपक्षको अष्टमी तिथि ७ः३० पर नवमी तिथि रेवती नक्षत्र अतिगण्ड योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ बजे भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । भलभल अष्टमी ।

आजको राशिफल

मेष – आजको दिन आत्मबल जागृत गरी प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ध्यन राख्नुहोला । अरूको उक्साहटमा लाग्नाले हानी हुन सक्छ ।

वृष – भाग्यबल बढ्नाले रोकिएको काम बन्ने तथा आफन्तको साथले उन्नति हुने देखिन्छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने योग रहेको छ ।

मिथुन – सानो प्रयासले पनि ठुलै काम बन्न सक्ने समय छ । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ला । सहयोगीको राम्रो साथ मिल्ला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, तर घरमा सामान्य मनमुटाव हुने देखिन्छ । तपाईंको काममा अरूले अधिकार जमाउने चेष्टा गर्न सक्छन् । महत्वपूर्ण बस्तु गुम्ने योग छ, सचेत रहनुहोला ।

कर्कट – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुने योग छ । महत्वपूर्ण कार्यमा अरूको भरपर्दा काम बिग्रन सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।

सिंह – दैनन्दिन कार्यमा जाँगर बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्ने योग छ । बाहिरी यात्रामा कष्ट हुने देखिन्छ, सजग रहनुहोला ।

कन्या – धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तानपक्षबाट प्रशन्नता मिल्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही मात्रामा सताउन सक्छ, सजग रहनुहोला ।

तुला – व्यवसायमा लगानी बढाउन उपयुक्त हुने समय छ । मित्रजनको साथ-सहयोगले उत्साह जगाउला । परोपकारका कार्य गरिने एवम् व्यापारमा पनि प्रगति हुने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । इगो प्रदर्शन गर्दा हातमा आएको अवसर गुम्न सक्ने योग छ, संयमतापूर्वक व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । खानपानमा विशेष सजग रहनु हितकर हुनेछ ।

वृश्चिक – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुरऱ्याउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ भने नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको योग छ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछन् । तर, स्थायी सम्पत्तिमा केही विवाद आउने देखिन्छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन् । टाढिएका आफन्तसँग पुनर्मिलन हुनसक्छ । दाम्पत्यसुख बढ्नेछ ।

धनु – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउन सक्छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौती पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानलगायतका क्रियाकलापमा विशेष ध्यान राख्नुहोला । नोकरी तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छ । सावधान रहनु हितकर होला ।

मकर – मिश्रित फलदायी समय छ । आजको दिन घर-जग्गा तथा सम्पतिसम्बन्धी विषयमा विवाद पर्नसक्ने योग रहेकोले यस्ता मामलामा सचेत रही व्यवहार गर्नुहोला । स्वास्थ्य केही कमजोर रहला, सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ ।

कुम्भ – विशेष लाभदायी काम प्रारम्भ हुने समय छ । मंगलमय कर्म सम्पादन तथा सामाजिक दायित्व बहनमा दिन गुज्रने देखिन्छ । बौद्धिक पक्षमा लाभ मिल्ला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका हुने सम्भावना रहेकोले सचेत रही व्यवहार गर्नु उचित हुनेछ । आजको दिन सवारीसाधनको प्रयोग विशेष सावधानीसाथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउने योग छ ।

मीन – आजको दिन राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । कठोर मेहनतले मात्र काम बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिने समय छ । आयआर्जनमा कमी आउने तथा घरखर्च बढ्ने योग छ । अनावश्यक खर्च र ऋणभार बढ्ने सम्भावना रहेकोले सावधान रही आर्थिक व्यवहार गर्नुहोला ।